श्रीलंकामा अन्तराष्टिय प्रतियोगिता खेली शोबिज स्पोर्ट्स स्वदेश फिर्ता
भदौ ९, अनलाइन खेलखबर || श्रीलंकामा भएको दोस्रो अन्तर्राष्ट्रिय क्रीकेट कार्निभलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएको शोबिज स्पोर्ट्स आज सोमबार स्वदेश फर्किएको छ ।
प्रतियोगितामा उप – विजेता बनेको शोबिज स्पोर्ट्सको टोली दिउँसो करिव ४ बजेतिर नेपाल आईपुगेको थियो ।
स्वदेश फर्किएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइन खेलखबरसँग छोटो कुराकानी गर्ने क्रममा टिमका कप्तान अंकित प्रताप सिँहले श्रीलंका भ्रमण निकै उपलब्धिमुलक बनेको बताए । यस्तै कार्निभल आफुहरुका लागि अनुभव बटुल्ले राम्रो अबसर बनेको भन्दै खुशी ब्यक्त गरेका थिए ।
शोबिज स्पोर्ट्स शनिबार भएको फाइनलमा श्रीलंका टाईट्न्ससगँ ३ विकेटले पराजित हुँदै प्रतियोगिताको उप – विजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।
उप – विजेता बन्न सफल भएतापनी शोबिजका अंकित प्रताप सिँह ब्यक्तिगत बिधातर्फ प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका थिए । नेपालको शोबिजकै अभियान बस्नेत उत्कृष्ट क्याच गर्ने खेलाडीको रुपमा चुनिएका थिए ।
तेस्रो वैदेशिक प्रतियोगितामा सहभागी जनाउन पुगेको शोबिज स्पोर्ट्स यसअघि थाईल्याण्ड र मलेसियाको पनि भ्रमण गरिसकेको छ।