onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सुशील केडिया मेमोरियल ईन्टर स्कुल ईन्डोर प्रतियोगिता सुरु : पहिलो दिनमा बिराटको दोहोरो जित

भदौ ८ , अनलाइन खेलखबर || जावलाखेल ललितपुरमा अबस्थित डिएभि स्कुलको आयोजनामा जारी तेस्रो शुशिल केडिया मेमोरियल ईन्टर स्कुल ईन्डोर प्रतियोगिताको पहिलो दिनको खेलहरु समापन भएको छ ।

जसअन्तर्गत प्रतियोगिताको पहिलो खेलमा ज्ञान निकेतन बिराट बोर्डिङ स्कुलसँग ४४ रनले पराजित हुन पुगेको छ ।

यस्तै दोस्रो खेलमा आयोजक डिएभि स्कुलले युनाईटेड स्कुललाई ६७ रनले पराजित गर्दा तेस्रो खेलमा युनाईटेडलाई बिराटले ७२ रनले पराजित गर्न सफल भएको छ ।

यस्तै प्रतियोगिताको चौथो खेलमा नाईन्टिङ्गल स्कुल अकशरा स्कुलसँग २ विकेटले पराजित हुँदा आजको अन्तिम खेलमा नाईन्टिङ्गलले न्यु ईरालाई ५ विकेटले निराश बनाएको थियो ।

कुल १८ स्कुलको सहभागिता रहेको प्रतियोगिता भदौ १५ गते सम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्