सेन्चुरी बैंकले उचाल्यो काठमाडौं किग्स कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि
भदौ ७ , अनलाइन खेलखबर || एभरेष्ट प्रिमियर लिग (ईपिएल ) को फेन्चाईज टिम काठमाण्डौ किंग्स एलाभेनको आयोजनामा काठमाडौमा भएको दोस्रो सस्करणको कर्पोरेट कप ईन्डोर क्रीकेट प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले उचालेको छ ।
आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा साबिकको विजेता एनआईसी एसिया बैंकलाई १६ रनले पराजित गर्दै सेन्चुरी बैंक प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा सुरुमा ब्याटिङ गर्दै सेन्चुरीले निर्धारित १० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा ७१ रनको योगफल खडा गरेको थियो ।
सेन्चुरिका लागि सुरज तिमल्सिनाले ३३ तथा राजन खडकीले ११ रनको योगदान गरेका थिए ।
बलिङतर्फ एनआईसी एसियाका सन्जोग शर्माले २ तथा अनिल ढकालले १ विकेट लिएका थिए ।
त्यसपछि सेन्चुरीले प्रस्तुत गरेको ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एनआईसी एसियाले निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ५५ रनमा सिमित हुन पुगेपछी सेन्चुरीले उपाधीलाई आफ्नो नाममा लेखाउन सफल भएको हो ।
एनआईसी एसियाका लागि सन्जोग शर्माले सर्बाधिक ३१ रनको योगदान गरेका थिए ।
बलिङतर्फ सेन्चुरीका दिवेश डंगोलले ३ तथा जेनेश राज सिँहले २ विकेट हात पारेका थिए ।
गोल्फुटार स्थित रोएल केसीटिसी इन्डोर क्रिकेटमा संचालन भएको प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेको थियो ।
जसमा विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसंचार कम्पनि जस्ता कर्पोरेट हाउसले सहभागिता जनाएका थिए ।