onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तर्राष्ट्रिय क्रीकेट कार्निभलमा नेपालको शोबिज स्पोर्ट्स उप – विजेता बन्न सफल : अंकित उत्कृष्ट बलर घोषित

भदौ ७, अनलाइन खेलखबर || श्रीलंकामा भएको दोस्रो अन्तर्राष्ट्रिय क्रीकेट कार्निभलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएको शोबिज स्पोर्ट्स प्रतियोगिताको उप – विजेता हुन सफल भएको छ ।

शनिबार भएको फाइनलमा श्रीलंका टाईट्न्ससगँ ३ विकेटले पराजित हुँदै नेपालको शोविज स्पोर्ट्स उप – विजेतामा चित्त बुझाउन बाध्य भयो ।

खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको शोबिजले २१.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ४ रनको योगफल खडा गरेको थियो ।

शोबिजका लागि अभियान बस्नेतले सर्वाधिक २७ रनको योगदान गर्दा सफल केसीले २२ रनको पारी खेलेका थिए ।

त्यसपछि नेपालको शोबिज स्पोर्ट्सले प्रस्तुत गरेको १ सय ५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंका टाईटन्सले २४.४ ओभरमा ७ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

बलिङतर्फ शोबिजका लागि अभियान बस्नेतले ३ तथा मनिरन्त कुमार शाहले २ विकेट हात पार्दा अंकित प्रताप सिँह र रवि शाहले समान १/१ विकेट हात पारेका थिए ।

यता प्रतियोगिताको उत्कृष्ट बलरका रुपमा शोबिजका कप्तान समेत रहेका अंकित प्रताप सिँह घोषित हुँदा नेपालकै अभियान बस्नेत उत्कृष्ट क्याच गर्ने खेलाडीको रुपमा चुनिए ।

तेस्रो वैदेशिक प्रतियोगितामा सहभागी जनाउन पुगेको शोबिज स्पोर्ट्स यसअघि शोबिज सथाईल्याण्ड र मलेसियाको पनि भ्रमण गरिसकेको छ।

नेपाली टोली शोविज स्पोर्ट्स अब आईतवार राती स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्