नेपाली युवा क्रीकेट टिम श्रीलंका प्रस्थान

नेपाली युवा क्रीकेट टिम श्रीलंका प्रस्थान

भदौ ७ , अनलाइन खेलखबर || आउँदो सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रींलकामा हुन गईरहेको यु – नाईन्टिन एसिया कप खेल्न नेपाली युवा टोली अहिले श्रीलंका प्रस्थान गरेको छ ।

नेपाली टोली एयर एसियामार्फत दिउँंको ३:३५ मा श्रीलंका प्रस्थान गरेको हो ।

श्रीलंका जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) द्रारा टिमलाई बिदाई गरेको थियो ।

बिदाई कार्यक्रममा राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना , प्रशिक्षक जगत टमटा , क्यानको पुर्ब सिईयो भावना घिमिरे लगायतको उपस्थितिमा टिमलाई बिदाई गरिएको थियो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलिमा रोहितसँगै रित गौतम , पवन सरार्फ , मोहम्मद आशिफ शेख , सन्दिप जोरा , भिम सार्की , हरि बहादुर चौहान , कुशल मल्ल , रासिद खान , कमल सिँह एरि , सागर ढकाल , खडक बहादुर बोहरा , सुर्य तामाङ , लोकेश बहादुर बम र प्रतिश जिसि रहेका छ्न ।

बिनोद दासको प्रशिक्षणमा रहेको टिममा राजु खड्का ब्यबस्थापनमा रहेका छ्न । अपुर्भ देसाई ब्याटिङ प्ररामर्शको रुपमा रहेका छ्न भने बिक्रम न्यौपाने फिजियो र सुबाश पात्रो टेनरको रुपमा रहेका छ्न ।

नेपालले प्रतियोगिताको समुह चरणमा दुई टेष्ट राष्टको सामना गर्नु पर्ने छ ।

प्रतियोगितामा समूह ” बि ” मा रहेको नेपालसँगै श्रीलंका , बङ्लादेश र युएई रहेका छ्न । भने अर्को समूह ” ए ” मा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छ्न ।

समूह चरणबाट प्रत्येक टिमसँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप – विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।

यता नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा नेपालले सेप्टेम्बर ८ तारिखमा बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल सेप्टेम्बर १० तारिखमा हुनेछ ।

अब नेपाली टोली श्रीलंका पुगेपछी त्यहा नेपालले केही अभ्यास खेल समेत खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *