प्रदेश ५ र कर्णालीको संयुक्त प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : अध्यक्षमा दुर्गा बहादुर थापा मगर निवार्चित
भदौ ७ , अनलाइन खेलखबर || आईसीसीको निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार प्रदेश ५ र कर्णालीको सयुक्त प्रादेशिक क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ ।
आज शनिबार रुपन्देहीमा भएको बिषेश साधारणसभामार्फत ८ जिल्लाका क्रिकेट संघको प्रतिनिधिको उपस्थितिमा नयाँ कार्यसमितिको चयन गरिएको थियो । जसमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, बाके, दाङ, बर्दिया र कर्णाली प्रदेशको सुर्खेत जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अन्य प्रदेशको छुट्टाछुट्टै कार्यसमिति चयन भएतामा पनि कर्णालीमा एकमात्र जिल्ला अस्तित्वमा रहेको हुँदा प्रादेशिक संघमा कर्णालीलाई प्रदेश ५ सँग जोडिएको हो ।
जसअनुसार १३ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा दुर्गा बहादुर थापा मगर चयन भएका छ्न । भने उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चुनिएका छ्न । यस्तै सचिवमा संजय गुरुङ र कोषाध्यक्षमा राजेश श्रेष्ठ रहेका छ्न ।
यस्तै सदस्यहरुमा माया ज्ञवाली ,कैलाश रोका मगर, बिनय राजभण्डारी, श्रीधर केसी ,कृष्ण प्रसाद बस्याल ,विनय ज्ञवाली ,पदम राज श्रेष्ठ ,किशोर चन्द्र गौतम र संजय राज सिँह रहेका छ्न ।
यसअघि सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पनि कार्यसमिति चयन भईसकेको अबस्था छ । अब प्रदेश ३ र २ को हुन बाकी रहेको छ ।
सबै प्रदेशको समाप्त पश्चात् असोजमा नेपाल क्रीकेट संघको कार्यसमिति गठन हुने कार्यक्रम रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।