एसिया कपका लागि नेपाली युवा क्रीकेट टोली आज श्रीलंका प्रस्थान गर्दै
भदौ ७,अनलाइन खेलखबर || आउँदो सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रींलकामा हुन गईरहेको यु – नाईन्टिन एसिया कप खेल्न नेपाली युवा टोलीको आज शनिबार श्रीलंका प्रस्थान गर्दैछ ।
नेपाली टोली एयर एसियामार्फत दिउँसो करिव ३ बजेर ३५ मिनेटमा श्रीलंका प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
त्यसअघि केही दिन नेपालमा बन्द प्रशिक्षण प्रश्चात नेपाली टोलीको घोषणा गरिएको थियो । जसमा रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरिएको थियो ।
टिममा रोहितसँगै रित गौतम , पवन सरार्फ , मोहम्मद आशिफ शेख , सन्दिप जोरा , भिम सार्की , हरि बहादुर चौहान , कुशल मल्ल , रासिद खान , कमल सिँह एरि , सागर ढकाल , खडक बहादुर बोहरा , सुर्य तामाङ , लोकेश बहादुर बम र प्रतिश जिसि रहेका छ्न ।
बिनोद दासको प्रशिक्षणमा रहेको टिममा राजु खड्का ब्यबस्थापनमा रहेका छ्न । अपुर्भ देसाई ब्याटिङ प्ररामर्शको रुपमा रहेका छ्न भने बिक्रम न्यौपाने फिजियो र सुबाश पात्रो टेनरको रुपमा रहेका छ्न ।
अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको नेपालले यसपटक समुह चरणमा दुई टेष्ट राष्टको सामना गर्नु पर्ने भएको छ ।
अघिल्लो संस्करणमा भारतमाथी शनसनिपुर्ण जित हासिल गर्दै पहिलो पटक सेमिफाइनल पुगेको नेपालले यसपटक पनि सोही रणनितिका साथ मैदानमा उत्रिने तयारी गरिरहेको छ ।
प्रतियोगितामा समूह ” बि ” मा रहेको नेपालसँगै श्रीलंका , बङ्लादेश र युएई रहेका छ्न । भने अर्को समूह ” ए ” मा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छ्न ।
समूह चरणबाट प्रत्येक टिमसँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप – विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।
यता नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा नेपालले सेप्टेम्बर ८ तारिखमा बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल सेप्टेम्बर १० तारिखमा हुनेछ ।
अब नेपाली टोली श्रीलंका पुगेपछी त्यहा नेपालले केही अभ्यास खेल समेत खेल्ने कार्यक्रम रहेको छ ।