onlinekhelkhabar.com

Complete website for Nepali Sports News

काठमाडौ कर्पोरेट कप ईन्डोर क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

भदौ ५ , अनलाइन खेलखबर || एभरेष्ट प्रिमियर लिग (ईपिएल) को फेन्चाईज टिम काठमाण्डौ किंग्स एलाभेनको आयोजनामा काठमाडौमा जारी दोस्रो सस्करणको कर्पोरेट कप ईन्डोर क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। 

बिहिवार सम्पन्न क्वार्टरफाइनलका खेलमा जित हासिल गर्दै एनआईसि एसिया बैंक, युनाईटेड सिमेन्ट, आईएमएस ग्रुप र सेन्चुरी बैंकले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेका हुन ।

जस अनुरुप प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा साबिक बिजेता समेत रहेको एनआईसि एसिया बैंकले नेपाल लाईफ इन्स्योरेन्स माथि ४ विकेटको जित हासिल गरेको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा आईएमएस ग्रुपले डिस होमलाई ३८ रनले पराजित गर्दा तेस्रो क्वाटरफाइनलमा युनाइटेड सिमेन्टले युनिभर्सल इलेक्ट्रोकमलाई २ विकेटले पराजित गर्न सफल भएको थियो ।

भने अन्तिम क्वाटरफाइनलमा सेन्चुरी बैंकले क्लाउड फ्याक्ट्रीलाई ८१ रनको ठुलो अन्तरले पराजित गर्न सफल भएको थियो ।

अब प्रतियोगिताको सेमिफाइनल खेल आउँदो शनिवार हुनेछ । सोही दिननै प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जानकारी गराएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *