दाङमा प्रतिभाको कमि छैन तर स्थान पाईरहेका छैनन : पूर्व राष्टिय खेलाडी केशव  झाक्री मगर

दाङमा प्रतिभाको कमि छैन तर स्थान पाईरहेका छैनन : पूर्व राष्टिय खेलाडी केशव झाक्री मगर

भदौ ६ , अनलाइन खेलखबर || क्रिकेटमा उदायमान जिल्लाको रुपमा पछिल्लो समय परिचित हुदै आएको दाङ अहिले पछिल्लो समय क्रिकेटमा राम्रो गर्न सक्ने जिल्लाको रुपमा आफुलाई प्रमाणित गर्ने क्रममा रहेको छ ।

नयाँ सरचनाअनुसार प्रादेशिक ५ नम्बरमा रहेको दाङ क्रिकेटको अवस्था र सम्भावनाका बारेमा कुरा गर्ने क्रममा दाङको लमहीमा अबस्थित् देउखुरी क्रिकेट एकेडेमीका मुख्य प्रशिक्षकका रुपमा आफ्नो भूमिका र दाहित्व निर्बाह गरिरहेका पुर्ब राष्टिय खेलाडी समेत् रहेका केशव झाक्री मगरसँग अनलाइन खेलखबर डट कमले केहिदिन अघि कुराकानी गरेको थियो ।

भिडियो अन्तर्वार्ता

अन्डर नाईण्टिन हुँदै ७ वटा राष्टिय प्रतियोगिताको अनुभव बटुलीसकेका केशव झाक्री मगर केहि वर्षदेखि प्रशिक्षणमा हात हाल्दै क्रिकेटको बिकाश र प्रबदनमा अहोरात्र खटिरहेका छन ।

क्रिकेटकै लागि जम्मिएका उनले विभिन्न अबसरलाई त्याग गर्दै बिभिन्न किसिमका अप्ठयारा मुकामहरुलाई पन्छाउँदै क्रिकेटकै लागि उनि समर्पित दाङका एक होनाहार व्यक्तित्वको परिचय उनले स्थापित गराईसकेका छन ।

उनै केशव झाक्री मगर सँग एकेडेमी , प्रस्तावित देउखुरी अन्तराष्टिय रङ्गशाला र समग्र दाङ क्रिकेटको केन्दित रहेर हामीले जिज्ञाशा राखेका थियौ ।

जस अनुरुप उनका अनुसार दाङमा क्रिकेटको माहोल बन्दै गएको र उनले प्रशिक्षण गराउने एकेडेमीको पनि अबस्था राम्रो रहेको र करिव ५० जनाजति बिधार्थीहरु क्रिकेट सिक्न एकेडेमीमा भर्ना भएको र उनीहरुले नियमित रुपमा क्रिकेट सिक्दै आएको उनको कथन रहेको थियो ।

जसमा एकेडेमीले स्पेशल क्याम्प , महिनामा ४-५ बटा खेल खेलाउने माहोल आफुहरुले तयार गरेको उनले जानकारी गराए | यस्तै एकेडेमीलाई स्थानीय बिद्यालयले पनि साथ र सहयोग पुर्याएको छ ।

साउन ४ गतेदेखि नयाँ प्रक्षिक्षकका रुपमा जिम्मेबारी सम्हान आएका मगरले स-साना भाईबहिनिको उत्साहजनक सहभागिता रहेको हुँदा आफुलाई पनि थप उर्जा मिलेको बताएका थिए ।

त्यसपछी हामीले नेपालको राजधानी बाहिरको चर्चित क्रिकेट मैदान लमही क्रिकेट मैदान अर्थात प्रस्तावित देउखुरी अन्तराष्टिय क्रिकेट रंगशालाका बारेमा हामीले केहि प्रश्न गर्दा पहिलेको अबस्थामा धेरै नाजुक रहेको र पछिल्लो २-३ बर्षमा धेरै परिवर्तन हुँदै यो अबस्थामा आईपुगेको उनले बताए ।

त्यस अन्तर्गत मूख्यत घाँस रोपियो , टप विकेट निर्माण गरियो यस्तै ईण्डोर अभ्यासका लागि संरचना निर्माण गरियो । यस्तै चाडैं बलिङ् मेसिन , साईड स्क्रिन ल्याउने तयारी समेत रहेको अन्तर्वार्ताको क्रममा उनले सुनाए ।

पहिले भन्दा धेरै परिवर्तन भएको मैदानमा देशका ठुला ठुला टिमहरु जस्तो एपीएफ , आर्मी पुलिसलाई ल्याएर खेलाउने बाताबरण सिर्जना गर्न आफुहरु लागि परेको उनले जानकारी गराए ।

यस्तै सोहि मैदानमा केहि महिना अघि नेपाली खेलकुदको महाकुम्भ आठौ राष्टिय खेलकुदको महिला क्रिकेट भएको थियो । जसअन्तर्गत महिला खेलाडी पुगिरहदा र खेलिरह्दा मैदानलाई देखेर खुशी भएको र नेपालमा पनि यस्तो मैदान छ भन्ने जस्ता प्रतिक्रिया सुन्न पाएको मगरले अन्तर्वार्ताको क्रममा सुनाउदै थिए ।

यता दाङमा क्रिकेटको प्रतिभा धेरै छ , जुन नयाँ नयाँ उमेर समूहमा अझ प्रतिभा छ तर पनि यिनीहरु माथिल्लो स्तरमा एक्पोज हुँन नसकिरहेको जनाकारी गराए ।

टिममा बल्लबल्ल पर्छन , दाङ भनेको प्रदेश ५ मा पर्छ , प्रदेश ५ क्रिकेटमा धेरै प्रतिश्पर्दा हुने ठाउँ हुँदा माथि पार्न निकै सकस हुने यथार्थ ब्यक्त गरे ।

दाङ ले बेला बेला राष्टिय खेलाडी उपात्दन गरिरहेको हुन्छ अन्तराष्टिय क्रिकेटमा नि प्रतिनिधित्व समेत गरेका छन तर पनि कहाँनिर कमजोरी भईरहेको छ ।

प्रतिभा छ , प्रतिभाको कमि छैन तर माथिल्लो स्तरमा पर्न सकिरहेका छैनन् र एक्पोज भईरहेका छैननं ।

दाङको क्रिकेट बिकाश गर्न सबप्रथम मिलेर जानु पर्यो । छुट्टाउन भएन , यो घोराही यो देउखुरी भनेर ! समग्रमा मिलेर जानुपर्छ ।
यदि हामि मिलेर गयौ भने सफलता हात पार्न सक्छौ । छनोट प्रतियोगिता , क्याप हुन्छन एक कल फोन आउंदैन , अनि हामीहरु ले खेलाडीलाई अगाडी बढाउने कसरी उनले दुखेसो ब्यक्त गरे ।

त्यसका लागि जिल्ला , प्रदेश मा छनोट प्रतियोगिता हुनु पर्यो र त्यसका लागि मिल्नु पर्यो ।

भन्दै नेपाल क्रिकेट धेरै माथि पुगेको हुँदा त्यसैले प्रतिश्पर्दा पनि बढेको छ । पहिले उनले खेल्ने समय र अहिलेमा धेरै समय नभएपनि फरक भने धेरैनै आएको बताउछन ।

दाङको घोराहीस्थित पदमोदय मैदानमा साईकलको पाग्रा घोटी घोटी खेलेको त्यो अबस्थालाई अझै उनि सम्झंछंन । तर अहिले दाङमा २/२ ओटा मैदान आईसकेको हुँदा खेलाडीहरुमा थप हौसला प्राप्त भएको उनको भनाई रहेको थियो ।

यस्तै आफुले प्रशिक्षणमा हात हालेपछि आफ्नोतर्फबाट १०० % दिने हो । प्रयास राष्टिय टिममा स-साना भाईबहिनिलाई पुर्याउने रहेको उनले बताए ।

स्मरणरहोस उनकै प्रशिक्षणमा महिला टोलीतर्फ एक जना स्थानीय खेलाडीले राष्टिय टिमको बन्द प्रशिक्षणसम्मको यात्रा तय गरेकी थिईन । दाङ भालुबाङकी नगीता पुन मगरले मगरकै प्रशिक्षणमा उक्त सफलता हात पारेकी थिईन ।

नगीताले बन्द प्रशिक्षणको ढोका ढक्क- ढक्काई रहदा आफूलाई पनि निकै खुशी लागेको र स्थानीय पनि चकित परेका थिए । उनि भन्छन “राम्रोसँग खेल्न माथिल्लो स्तरसम्म पुग्न धेरै मेहनत सगै गलत कुरामा लाग्नु भएन उनको क्रिकेट सिक्ने भाईबहिनालाई संदेश रहेको थियो |”

Leave a Reply

Your email address will not be published. Required fields are marked *