onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग भिड्ने

भदौ ४ , अनलाइन खेलखबर || सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा हुन गईरहेको एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको नेपालले यसपटक समुह चरणमा दुई टेष्ट राष्टको सामना गर्नु पर्ने भएको छ ।

अघिल्लो संस्करणमा भारतमाथी शनसनिपुर्ण जित हासिल गर्दै पहिलो पटक सेमिफाइनल पुगेको नेपालले यसपटक पनि सोही रणनितिका साथ रहेको छ ।

प्रतियोगितामा नेपालको समुहमा श्रीलंका , बङ्लादेश र युएई रहेका छ्न भने अर्को समूहमा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छ्न ।

समूह चरणबाट प्रत्येक टिमसँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप – विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।

यता नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा नेपालले सेप्टेम्बर ८ तारिखमा बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल सेप्टेम्बर १० तारिखमा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *