तिलोत्तमा प्रिमियर लिगको टिम तथा मालिकहरु सार्बजनीक

तिलोत्तमा प्रिमियर लिगको टिम तथा मालिकहरु सार्बजनीक

भदौ ३ , अनलाइन खेलखबर || तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा रुपन्देहीमा हुन गईरहेको तेस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग ( टिपिएल ) को सहभागी टिम तथा मालिकहरु सार्बजनीक गरिएको छ ।

यसअघि ८ टिमको सहभागिता रहेको प्रतियोगितामा यसपटक भने १० टिमको सहभागिता रहने भएको छ ।

मंगलबार आयोजकले रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको टिम तथा टिमका मालिकको बारेमा जानकारी गराएको थियो ।

जसमा अघिल्लो संस्करणको विजेता लुम्बिनी कासाई उप विजेता रोयल शंकरनगर सहित ज्ञानोदय गोल्डस् , मणिग्राम किंङ्गस् रुपन्देही पल्टनस्, बुटवल युनाइटेड, पाल्पाली लिजेण्डस्, सुपर ११ भैरहवा, सियारी राइनोज् र तिनाउ टाइटनस्ले यस संस्करणको प्रतियोगितामा सह्भागिता जनाउँदै छ्न ।

भने टिमका मालिकहरुमा लुम्बिनी कसाईको लुम्बिनी कसाइ क्रीकेट क्लब , रोयल शंकरनगर को शंकरनगर क्रीकेट क्लब , मणिग्राम किङ्स को मदन भुसाल र अर्जुन महोत्रा रहेका छ्न ।

भने रुपन्देही पल्टनको हेमन्त श्रेष्ठ र सुर्य पान्डे रहेका छ्न । यस्तै बुटवल युनाइटेडको सन्जय कार्की र बिजय अधिकारी रहेका छ्न ।

यस्तै अर्को टिम पाल्पाली लिजेन्डको राजेश श्रेष्ठ र दिपक घिमिरे रहेका छ्न भने माननीय इस्तियाक अहमद खान सुपर ११ भैरहवा टिमको मालिकको रुपमा रहेका छ्न ।

यस्तै तिनाउ टाइगर्सको भुपराज अधिकारी र खुसी भुर्तेल रहदा केसब पान्डे सियारी राइनोजका मालिक रहेका छ्न । र ज्ञानोदय गोल्ड्स ज्ञानोदय गोल्ड्स क्रीकेट क्लबकै सामित्वमा रहेको छ ।

अब प्रतियोगिताको खेलाडी छ्नोट प्रक्रिया अन्तर्गतको अक्सन आउँदो भदौ १४ गते हुने जानकारी आयोजकले गराएको छ ।

जसमा २ सय ४० खेलाडिले अक्सनका लागि आबेदन दिएका छ्न ।

असोज २५ देखि सुरु हुने प्रतियोगिताको विजेताले ४ लाख नगद तथा उप – विजेता टिमले २ लाख प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *