onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्ततः महिला लिग भदौ दोस्रो सातादेखी काठमाडौमा हुने

भदौ ३ , अनलाइन खेलखबर || अन्तत : एन सी एल स्पोर्ट्स प्रा लिको आयोजनामा हुँने भनिएको नेपालको पहिलो महिला क्रीकेट लिग वोमेंस टि- ट्वान्टी क्रीकेट लिग अब भने हुने पक्का पक्कि भएको जानकारी प्राप्त भएको छ ।

अब प्रतियोगिता काठमाडौस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा आउँदो भदौ १४ देखि २१ सन्चालन हुने भएको छ ।

सुरुमा बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैसाख ७ देखि १४ सम्म संचालन हुने तय भएको प्रतियोगिता त्रिवि क्रीकेट मैदानमा हुने भनिदै नयाँ मिति सार्बजनिक गरिएको थियो ।

बिचमा राष्टिय खेलकुद परिषद ( राखेप) द्वारा आयोजित नेपाली खेलकुदको महाकुम्भ मेला आठौ रास्ट्रीय खेलकुद अन्तर्गतको ‘महिला क्रिकेट’ले गर्दा प्रतियोगितालाई प्रभावित गरेको थियो ।

मिति जुद्दा वोमेन्स टि२० क्रिकेट लिगको मिति पनि नया मिति सार्बजनिक गरिएको थियो ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा र करुणा भन्डारी मार्की खेलाडी रहेको टोलिमा प्रतियोगिताका लागि अक्सन मार्फत हरेक टिमले १३/१३ जना खेलाडिहरुलाई अनुबन्धित गरेसकेको अबस्था छ ।

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज टोली को सहभागिता रहनेछ । जसमा विराटनगर रोअरिङ्ग लायोनेस , भैरहवा क्विन्स , धनगढी वन्डर वोमेन र काठमाडौ सुपर च्याम्पियन्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस्