onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागी हुन शोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

साउन ३२, अनलाइन खेलखबर || श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउन शोबिज स्पोर्ट्स नेपालको क्रिकेट टिम
आज शनिवार श्रीलंका प्रस्थान गरेको छ।

ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो पटक नेपाली टोलि सहभागी हुन लागेको हो ।

श्रीलंका जाने टिमको कप्तान अंकित प्रताप सिंहले गर्नेछन्। टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, सबिन बोगटी, सफल केसी, अभियान बस्नेत , अफजल मन्सुर , आयुष लामिछाने, रभी सिंह, पवन ओली, गणेश गौतम , रमेश शर्मा रहेका छन्। टिम प्रशिक्षकको भूमिकामा मोहन कुमार साह छन्।

कार्निभलको दौरान शोबिज स्पोर्ट्सले ग्रेट स्पोर्ट्स स्टेपको टोलिसँग ४ वटा खेलहरु खेल्ने कार्यक्रम रहेको छ । यस्तै भ्रमणको क्रममा टिमले विशेष प्रशिक्षण समेत लिने बताईएको छ । ग्रेट स्पोर्ट्स स्टेपको टोलिमा प्रथम श्रेणी क्रिकेटरहरु रहने बताईएको छ।

शोबिज स्पोर्ट्सका कप्तान अंकित प्रताप सिंहले भ्रमणमा जानुअघि सन्चारकर्मीसँग कुराकानी गर्ने क्रममा भ्रमणका क्रममा खेलाडीहरुले एक्सपोजर पाउने जसले गर्दा खेलाडीहरुले नयाँ कुरा सिक्न पाउने बताए ।

शोबिज स्पोर्ट्सले यस अघि थाईल्याण्ड र मलेसियाको पनि भ्रमण गरिसकेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *