onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राष्ट्रिय खेलाडी केशव झाक्री मगर देउखुरी क्रीकेट एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त

साउन ३१ , अनलाइन खेलखबर || पछिल्लो समय मुलुकभर क्रीकेट लोकप्रिय बन्दै गईरहेको अबस्थामा मध्य पश्चिमको सुन्दर ठाउँ दाङ जिल्ला पनि क्रीकेटको उभरभुमीको रुपमा आफुलाई प्रस्तुत गर्ने क्रममा अहिले लागिपरेको छ ।

उदायमान जिल्लाको रुपमा चिनिदै आएको दाङ क्रीकेटले विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको छ ।

यसैबीचमा क्रीकेटको बिकाश सँगै स्थानिय प्रतीभालाई अझ निखार्ने उदेश्यका साथ दाङको लमहीमा स्थापित देउखुरी क्रीकेट एकेडेमीले आफूलाई प्रमाणित गर्ने कोशिशमा रहेको छ ।

प्रस्तावित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानसँगै रहेको एकेडमीलाई राष्ट्रिय खेलाडी केशव झाक्री मगरले प्रशिक्षण गराईरहेका छ्न ।

अन्डर नाईन्टिन हुँदै विभिन्न राष्टिय प्रतियोगिता खेलिसकेका झार्कीले एकेडेमीमा रहेका खेलाडीलाई केही समय देखि प्रशिक्षण गराउँदै आएका छ्न ।

क्रीकेटमा पुर्ण समर्मित झार्की प्रशिक्षकमा पनि राम्रो अनुभव बटुलि सकेका छ्न । विभिन्न जिल्लाका टिमलाई प्रशिक्षण गराईसकेका उनकै प्रशिक्षणमा रहेका खेलाडीले राष्टिय टोलिको बन्द प्रशिक्षणको ढोका समेत ढक- ढक्काई सकेका छ्न ।

उनको प्रशिक्षणमा रहेको एकेडेमीमा क्रीकेट सिक्न आउने बिद्यार्थीको सङ्ख्या पनि राम्रो रहेको र महिला र पुरुष दुबैतर्फ बिद्यार्थीको राम्रो साथ रहेको एकेडमीले जानकारी गराएको छ ।

यता आधारभुत सुबिधासम्पन्न एकेडेमी प्रदेश ५ को राम्रो प्रशिक्षण गराउने एकेडमीको रुपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्