सागको तयारीमा जुटयो नेपाली महिला क्रीकेट टोली

सागको तयारीमा जुटयो नेपाली महिला क्रीकेट टोली

साउन ३१ , अनलाईन खेलखबर || नेपालमा हुन गईरहेको दक्षिण एशियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रीकेट बिधातर्फका लागि नेपालले पनि आफ्नो तयारीमा जुटेको छ ।

फोटो सौजन्य : सुमन राज कार्की

बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा स्वयम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालनै उपस्थिति भएर बन्द प्रशिक्षणको सुरुवात भएको थियो ।

घरमै हुन लागिएको प्रतियोगिता भएर पनि नेपालले राम्रो गर्ने लक्ष्यसहित तयारिमा नेपाली टोली जुटिरहेको छ ।

नेपाली राष्ट्रिय पुरुष टिमका पुर्ब प्रशिक्षक समेत रहेका राखेप प्रशिक्षक जगत टमटाले सागका लागि नेपाली टोलीलाई हेरिरहेका छ्न ।

जस अनुरुप सिनियर तथा क्षेत्रीयबाट खेलेका र केही महिनाअघि महेन्द्रनगरमा भएको प्रधानमन्त्री टि – ट्वान्टी क्रीकेट प्रतियोगितामा राम्रो प्रदशन गरेका ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ ।

यसैको आधारबाट नेपाली टोलि बन्नेछ । पछिल्लो समय महिला क्रीकेटमा कम घरेलु प्रतियोगिता भएको हुदा महिला क्रीकेटको तयारी चाडैबाट गर्न लागिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *