onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भदौ २ बाट काठमाण्डौ किंग् कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

साउन २९ , अनलाइन खेलखबर ||नेपालको चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गतको फ्रेन्चाईज टोली काठमाण्डौ किंग्स एलाभेनको दोस्रो संस्करणको काठमाण्डौ किंग् कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता। भदौ २ देखि ७ गते सम्म सन्चालन हुने भएको छ ।

गोल्फुटार स्थित रोएल केसीटिसी इन्डोर क्रिकेटमा संचालन हुने प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहने भएको छ ।

जसमा विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसंचार कम्पनि जस्ता कर्पोरेट हाउसले सहभागिता जनाउँदै छ्न ।

देशमा इन्डोर क्रिकेटको विकास, प्रवर्धन गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकको भनाई रहेको छ । यस्तै प्रतियोगिताले काठमाण्डौ किंग्स एलाभेनलाई ठूलो नाम र पहिचान दिलाउन मद्दत गर्ने अपेक्षा समेत गरिएको छ ।

सोहिबिचमा आयोजकले बुधवार राजधानीमा ” मिट एण्ड ग्रिट ” कार्यक्रम गर्दै सहभागी १५ टोलीका  कप्तान र प्रतिनिधि सम्मिलित कार्यक्रमबाट प्रतियोगिताको ग्रुप विभाजन संगै खेल तालिका समेत प्रकाशन गरिएको थियो ।

लिग कम् नकआउट फर्म्याटको प्रतियोगितामा सहभागी १५ टोलीलाई ” ए, बि, सी र डी ” गरि ४ समुहमा विभाजन गरिएको छ। पहिलो चरणका खेलबाट हरेक समुहका शिर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनल पश्चातका सबै खेल नकआउट फर्म्याटमा खेलाइने छ।

दश ओभरको इनिंग रहने प्रतियोगिताको हरेक टोलीमा ८ खेलाडी समावेश रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्