![ईपिएल फागुनमा : प्रत्यक्ष प्रशारण बिदेशी च्यानलबाट हुँने](https://onlinekhelkhabar.com/wp-content/uploads/EPL-trophy-e1582780092513.jpg)
ईपिएल फागुनमा : प्रत्यक्ष प्रशारण बिदेशी च्यानलबाट हुँने
साउन २८ , अनलाइन खेलखबर || नेपालको सबैभन्दा चर्चित तथा लोकप्रिय एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो १७ देखि चैत १ गते सम्म संचालन हुने भएको छ ।
तीन संस्करणलाई भब्य र सभ्य तरिकाले सम्पन्न गरेको आयोजकले यसपटक पनि थप नयाँ कुरालाई प्रयोगमा ल्याउने सङ्केत गरिसकेको छ ।
आयोजक ईपीएल प्रालीले सोमबार प्रेस विज्ञप्तिमार्फत चौथो संस्करणको ईपिएलको बारेमा जानकारी गराएको थियो ।
जसमा अनुरुप यस पटकको प्रत्येक टिमले टिमले आइकोनिक खेलाडीका रुपमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ ।
अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) को समेत मान्यता प्राप्त गरेको प्रतियोगिता १३ दिनसम्म काठमाडौ किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा चल्नेछ ।
यस्तै यसपटक बिदेशीले प्रत्यक्ष प्रशारण गर्ने समेत जानकारी गराएको छ । कुल ६ फेन्चाईज टिमको सहभागिता रह्दै आएको ईपिएलको अघिल्लो सस्करणको उपाधि ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले उचालेको थियो ।