हक्स च्याम्पियन : सोमपाल बने बिदेशी लिग जित्ने पहिलो नेपाली खेलाडी
साउन २७ , अनलाइन खेलखबर || नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य सोमपाल कामी आबद्द वेनिपेग हक्सले क्यानडाको ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ ।
गएराती भएको प्रतियोगिताको शनसनिपुर्ण फाइनल खेलमा सुपर ओभरमा भ्यानकुभर नाइट्सलाई पराजित गर्दै हक्स प्रतियोगिताको च्याम्पियन बनेको हो ।
प्रतियोगिताको फाइनल खेलमा हक्सले प्रस्तुत गरेको १ सय ९३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नाईट्सले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ९२ रनमै सिमीत हुँन पुगेपछी खेल अझ रोचक बनको थियो ।
जसमा कप्तान सोयब मल्लिकले ६४ रन तथा आन्द्रे रसेलले नटआउट ४६ रनको योगदान गरेका थिए ।
बलिङतर्फ हक्सका लागि रायद एमराती र पाउल भानले समान २/२ विकेट लिन सफल भएका थिए ।
यसअघि ट्स हारेर पहिले ब्याटिङ गरेको सोमपालको टिम हक्सले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ९२ रनको योगफल खडा गरेको थियो ।
हक्सका लागि साईमन अनवरले सर्बाधिक ९० रनको योगदान गर्दा क्रिस लेनले ३७ रन बनाएका थिए ।
बलिङतर्फ का लागि एन्दे रसेलले ४ तथा अलि खान र रियान पठानले समान २/२ विकेट लिन सफल भएका थिए ।
रोमाञ्चक शनसनिपुर्ण बनेको खेलमा निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरले गरेको थियो । जसमा नेपालका सोमपाल कामीको टिम हक्सले बाजी मार्न सफल भएको हो ।
यो सँगै सोमपाल बिदेशी लिग जित्ने सम्भवत पहिलो खेलाडी समेत बन्न पुगेका छ्न । उनले प्रतियोगितामा मात्र १ खेल खेलेका थिए । जसमा उनी महँगा साबित हुन पुगेका थिए । त्यसपछि उनलाई टिमले निरन्तरता दिएन ।