onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश १ को प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : अध्यक्षमा शेर्पा निवार्चित

साउन २६ , अनलाइन खेलखबर || निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार प्रदेश १ प्रादेशिक क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार बिराटनगरमा सम्पन्न साधारणसभाले मिङमा डण्डु शेर्पा को अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गरिएको छ ।

जसमा उपाध्यक्षमा नवीन घिमिरे र सुनिल कार्की चुनिएका छ्न ।

यस्तै मनोज कटवाल कोषाध्यक्षमा चुनिएका छ्न । भने सदस्यहरुमा मन बहादुर राई , अनुप ढुङगाना , प्रदिप राज पान्डे , नारद नेपाल , गणेश खतिवडा , अजय राजबम्शी, टिकाराम पुरी , सचित्त आनन्द सुम्बा र सुमेश कुमार हलुबाई रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्