सोमपालको टिम होक्स ग्लोबल टि – ट्वान्टीको फाइनल प्रबेश : उपाधिका लागि नाईट्ससँग भिड्ने

सोमपालको टिम होक्स ग्लोबल टि – ट्वान्टीको फाइनल प्रबेश : उपाधिका लागि नाईट्ससँग भिड्ने

साउन २६ , अनलाइन खेलखबर । नेपालका युवा क्रीकेटर सोमपाल कामीको टिम वेनिपेग होक्स क्यानडामा पारी ग्लोबल टि – ट्वान्टी क्रीकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

गएराती भएको प्रतियोगिताको दोस्रो क्वालिफायरमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्स प्रतियोगिताको फाइनल प्रबेश गरेको हो ।

अब लिगको फाइनलमा उपाधीका लागि होक्सले आज राती पौने १२ बजेपछी भ्यानकुभर नाईट्ससँगको प्रतिष्पर्दा गर्नेछ ।

खेलमा २ सय १ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको होक्सले उक्त चुनौतिलाई अन्तिमबलमा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

रोमाञ्चक बनेको खेलमा होक्सलाई जिताउन साईमन अनवरले सर्वाधिक ५२ रनको योगदान दिदा अबिजित रहेका जेपी डुमिनीले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५० रन बनाएका थिए ।

बलिङतर्फ ब्रामटनका वाहव रियाज , जहुर खान र साहिद अफ़्रिदिले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि ट्स जितेर पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

टिमका लागि डारेन सामीले सर्बाधिक ३३ रनको योगदान गर्दा बाबर हायात र सहिद अफ्रिदीले समान ३२/३२ रनको पारी खेलेका थिए ।

बलिङतर्फ होक्सका रायद ईम्रिटले सर्वाधिक ३ विकेट लिए भने कलिम सानाले २ तथा मोहम्मद ईरफान र पाउन भानले समान १/१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *