सोमपालको टिमले दोस्रो क्वालिफायरमा आज ब्राम्पटनको सामना गर्दै
साउन २५ , अनलाइन खेलखबर || क्यानडामा पारी ग्लोबल टि- ट्वान्टी क्रीकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।
जहाँ नेपालका तिब्रगतिका बलर सोमपाल कामीको आवद्ध टिम विन्निपेग होक्सले पहिलो क्वालिफायरको पराजित टिम ब्राम्पटन वॉल्व्स सँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।
होक्सले एलिमिनेटर खेलमा अर्का नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरोन्टो नेशनल्सलाई डिएल मेथडमार्फत २ रनले पराजित गर्दै दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको हो ।
यहाँबाट जित्ने टिमले फाईनलमा आउँदो आईतवार वैंकूवर नाइट्ससगँ प्रतिष्पर्दा गर्नेछ ।
आज हुन गईरहेको दोस्रो क्वालिफायर खेल नेपाली समय अनुसार राती पौने १२ बजेपछी सुरु हुनेछ।
दुबै टिम जित निकाल्ने रणनितिका साथ मैदान उत्रिने हुदा आज नेपालका सोमपाललाई टिमले मैदान उत्रार्नेमा भने सम्भावना निकै कम रहेको छ । जारी प्रतियोगितामा टिमले उनलाई एक खेलमा स्थान दिएको थियो ।
जसमा एडमंटन रोयल्सबिरुद्दको डेब्यु खेलमा सोमपाल निकै महँगा साबित हुने क्रममा मात्र २ ओभर बलिङ् गरेका उनले ३३ रन खर्चिएका थिए ।