अरुलाई तयारी : नेपाललाई गुमेको शाख फिर्ता गर्ने अवसर
शलमान शाह (अनलाइन खेलखबर )|| भखर्रै सिगांपुरमा सम्पन्न एसिया फाइनल छनोटमा नेपाल ५ राष्टमध्यमा तेस्रो स्थानमा रहदै प्रतियोगिताको समापन गरेको थियो ।
सन् २०२० मा अश्टेलियामा हुँन गईरहेको आईसीसी टि- ट्वान्टी विश्वकपको छ्नोट प्रतियोगिताको रुपमा रहेको एसिया फाइनल छनोटमा नेपालले सोच विपरित निराशाजनक प्रदर्शन गरेको थियो ।
जसले अहिले सर्बत्र पीडाबोध बनाईरहेको छ । प्रतियोगितामा नेपाललाई छनोट हुँने टिमको प्रबल दाबेदारको रुपमा समेत हेरिएको थियो । जसमा टिम पनि मनोभावमा विश्वस्थ देखिन्थे भने समर्थकहरुमा त्यो नहुने कुरा पनि भएन अझ धेरै थियो ।
तर विडम्बना त्यस्रो हुँन सकेन त्यो मात्र सिमित रहेन नेपालको निकै खस्कदो प्रदर्शन यो प्रतियोगितामा देखियो । जुन कुरालाई सबैले महसुश गरेको कुरा नै हो ।
एकदिवसीय मान्यता प्राप्त नेपालले आफ्नो पूर्व लय सम्म देखाउन सफल भएन त्यसको परिणाम अनुसार नेपाल तेस्रो स्थानमा रहन पुग्यो । नेपाललाई कतार र सिगांपुरले उछिने सिगांपुर पहिलो स्थानमा रहदै आसन्न अक्टोबर ११ बाट युएईमा हुँ न गईरहेको विश्वकपको अन्तिम छनोट प्रकिया ग्लोबल क्वालिफायरका लागि छनोट हुन् पुग्यो ।
सो प्रतियोगितामा नेपालको यात्रालाई कतारले पहिलो खेलमा ठुलो झट्का दिएको थियो । कतारले नेपालमाथि ऐतिहासिक सफलता हात पार्ने क्रममा ४ विकेटले पराजित गरेको थियो । यसपछी नेपालले मलेसिया र कुबेतलाई हराएपछि अन्तत : सिगांपुरको खेलले नै विश्वकपको आगामी यात्रा तय गर्ने अबस्था आयो ।
अन्तिम तथा निर्णायक खेलमा जसले जित हासिल गर्ने थियो सोहि टिमले ग्लोबल क्वालिफायरमा स्थान बनाउँने थियो । जसमा सिगांपुरले निकै राम्रो प्रदर्शन गर्दै नेपाललाई ८२ रनले पराजित गर्दै छनोट मात्र भएन नेपालको सपनाको यात्रालाई टुंगाईदिएको थियो ।
दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाललाई सिगापुरले अर्को गतिलो पाढ़ सिकाईदियो । जसमा प्रयाप्त मेहनतले जित हासिल गर्यो ।
विश्वकपको यात्राबाट बाहिरीपछी नेपाली टिमको चारैतिर आलोचना भईरहेको अबस्थामा यसैबीचमा नेपालले अब आफुलाई प्रमाणित गर्ने एउटा अबसर प्राप्त गरेको छ ।
त्यो हो ओमान क्रिकेटको आयोजनामा यही आउदो असोज १८ देखि २३ गतेसम्म हुँन गईरहेको ५ राष्टबीचको टि-ट्वान्टी सिरिज , जहाँ आयोजक ओमान सहित टेस्ट राष्ट आयरल्याण्ड , नेदरल्याण्ड , हंगकंग र नेपालले सहभागिता जनाउने पक्का पक्कि भएको छ ।
नेपालवाहेक अन्य ४ राष्टले यसलाई आसन्न विश्वकप ग्लोबल क्वालिफायरको तयारीको रुपमा लिएको भएपनि नेपाललाई यो प्रतियोगिता भने अर्को मनो भावनालाई बिकसित गर्ने अबसरका रुपमा रहेको छ ।
एसिया फाइनलले दिएको पिडालाई केहि हदसम्म भुल्याउन र आफ्नो पुरानो शाख फिर्ता लिदै नेपाल कमजोर भईहालेको छैन भन्ने संदेश दिन पनि नेपाललाई यो प्रतियोगिताको जरुरी रहेको छ ।
यस प्रतियोगीताले अबस्थालाई अझ नजिकबाट निल्याने माहोल मिल्नेछ । वस ! एसिया फाइनल छनोटमा मात्र कमजोर देखिएको हो कि साचिक्कै कमजोर बनिसकेको छ त्यसको असली परिक्षा यस प्रतियोगिताबाट पक्कै मिल्नेछ ।
टेष्ट मान्यता समेत प्राप्त गरेको आयरल्याण्ड यस प्रतियोगिता खेल्दैछ त्यो अझ सुखद पक्ष आफैमा हो भने बाकि रहेका नेदरल्याण्ड , ओमान र हंगकगलाई पनि एसोसियट क्रिकेटमा निकै राम्रो टिमका रुपमा लिने गरिन्छ ।
आयोजक ओमान पछिल्लो समय अझ आफुलाई राम्रो गर्दै आएको अर्को उदयामान टिम मध्यको एक हो । जसको सम्भावना राम्रो देखिएको छ । जसले गर्दा प्रतियोगिता सबैको लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।
अरु टिमलाई तयारीको रुपमा लिएको भएपनि केहि प्राप्त नहुँने भएपनि नेपाल लाई भने पुरानो प्रदर्शनले गर्दा खास रहने छ ।
यता नेपालले असोज १९ गते हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज २० गते नेदरल्यान्ड सँग रहेको छ ।
तेस्रो खेलमा नेपालले टेस्ट राष्ट मान्यता प्राप्त आयरल्याण्डसँग असोज २२ गते प्रतिष्पर्दा गर्नेछ भने अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग असोज २३ गते सामना गर्नेछ ।