onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओमानमा नेपालले टि- ट्वान्टी सिरिज खेल्ने पक्का : नेपालले पहिलो खेल हङकङसँग खेल्ने

साउन २४ , अनलाइन खेलखबर || ओमान क्रीकेटको आयोजनामा पाँच राष्टबीचको टि – ट्वान्टी क्रीकेट प्रतियोगितामा नेपालपनि सहभागिता हुँने पक्का पक्की भएको छ ।

राष्ट्रिय क्रीकेट टिमका ब्यबस्थापक रमन सिवाकोटीका अनुसार प्रतियोगिता यहीँ असोज १८ देखि २३ सम्म हुने पक्का भएको हो ।

जसमा आयोजक ओमान सहित नेपाल , आयरल्याण्ड , हङकङ र नेदरल्यान्डको सहभागिता जनाउँदै छ्न ।

खेलतालिका

यस प्रतियोगितालाई आसन्न अक्टोबर ११ देखि युएईमा हुँन गईरहेको टि – ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरका लागि तयारीको रुपमा लिएको छ ।

जसमा नेपालवाहेक अन्य ४ टिमले सहभागिता जनाउँदै छ्न ।

नेपालले असोज १९ गते  हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज २० गते नेदरल्यान्ड सँग रहेको छ ।

तेस्रो खेलमा नेपालले टेस्ट राष्ट मान्यता प्राप्त आयरल्याण्डसँग असोज २२ गते प्रतिष्पर्दा गर्नेछ भने अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग असोज २३ गते सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *