सन्दिपको टिम प्रतियोगीताबाट बाहिरिदा सोमपालको टिम दोस्रो क्वालिफायरमा प्रबेश

सन्दिपको टिम प्रतियोगीताबाट बाहिरिदा सोमपालको टिम दोस्रो क्वालिफायरमा प्रबेश

साउन २४ , अनलाइन खेलखबर || क्यानडामा जारी ग्लोबल टि – ट्वान्टी क्रीकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दिप लामिछानेको टिम टोरोन्टो नेशनल्स अर्का नेपाली क्रीकेटर सोमपाल कामिको टिमको टिम विन्निपेग होक्ससँग एलिमिनेटरमा २ रनले पराजित हुँन पुगेको छ ।

गएराती भएको एलिमिनेटर खेलमा खराब लाईटका कारण खेल रोकिएपछी खेल अन्तत हुँन नसक्दा खेलको नतिजा डिएल मेथडबाट निकाल्लिएको थियो ।

जसमा सोमपाल आवद्ध टिम विन्निपेग होक्सले जित हासिल गर्दै लिगको दोस्रो क्वालिफायरकामा प्रबेश गरेको छ । अब होक्सले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिम ब्राम्पटन वॉल्व्स सँग आउँदो शनिवार प्रतिस्पर्धा गर्नेछ । यहाँबाट जित्ने टिमले फाईनलमा आउँदो आईतवार वैंकूवर नाइट्ससगँ प्रतिष्पर्दा गर्नेछ ।भने टोरोन्टो नेशनल्स प्रतियोगिताबाट बाहिएको छ ।

खेलमा २ सय ३९ रनको बिशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको होक्सले १७.१ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाउँदा खेल रोकिन पुगेको थियो ।।

यसपछि खेल सुचारु हुँन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिएको थियो ।

जसमा होक्सका लागि जेपी डुमिनी एक्कैले ४१ बलमा नटआउट ८५ रनको पारी खेलेका थिए । यस्तै शनि सोयलले ३६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ टोरोन्टो नेशनल्सका लागि सन्दीपले सर्बाधिक दुई विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर उक्त बिकेट हात पार्न सफल भएका थिए ।

त्यसअघि ट्स हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

जसमा हेनरिक क्लासेनले शतकिय पारी खेले ।४९ बलको सामना गरेका उनले ११ चौका र ५ छ्क्काको मद्दतमा अबिजित रह्दै १०६ रन बनाएका थिए । यस्तै टिमले विशाल योगफल खडा गर्ने क्रममा रोड्रिगो थोमसले पनि ७३ रनको योगदान गरेका थिए ।

बलिङतर्फ होक्सका लागि मोहम्मद ईरफान र कलिम शानाले समान २/२ विकेट हात पार्दा शाईमन अनवरले १ विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *