सन्दिपको टिम नेशनल्स एलिमिनेटरमा प्रबेश : एलिमिनेटरमा सोमपालको टिमसगँ भिड्ने
साउन २३ , अनलाइन खेलखबर || नेपाली युवा क्रीकेटर सन्दीप लामिछानेको टिम टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा प्रबेश गरेको छ ।
बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेसँगै नेशनल्सको एलिमिनेटर पक्का भएको हो ।
अब नेशनल्सले एलिमिनेटरमा अर्का नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य आबद्दरहेको वेनिपेग होक्ससँग आउँदो शुक्रबार खेल्नेछ ।
भने प्रतियोगिताको पहिलो क्वालिफायरमा ब्रामटन वुल्भ र दोस्रो स्थानको भ्यानकुभर नाइट्स भिडने भएका छ्न । जुन खेल आज राती हुनेछ ।
यो खेलमा जित हासिल गर्ने टिम फाईनल पुग्नेछ । भने पराजित टिमले नेशनल्स र होक्सबिचको खेलको विजयीसँग दोस्रो क्वालिफायर खेल्नेछ।
यता गएराती भएको महत्वपूर्ण खेलमा टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोन्टरियलले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५४ रन मात्र सिमित हुन पुगेपछी खेल नेशनल्सले आफ्नो पक्षमा पार्न सफल भयो ।
मोन्टरियलका लागि म्याथ्यु क्रसले सर्वाधिक ३९ रनको योगदान गर्दा दिनेश चण्डीमालले ३६ रन बनाएका थिए ।
त्यस्तै केली कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ टोरन्टोका मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३/३ विकेट हात पार्दा जेरोमी गार्डोनले २ विकेट लिँए भने सन्दीपले १ विकेट हात पारे । ३ ओभर बलिङ गरेका सन्दिपले २५ रन खर्चिएर १ विकेट लिन सफल भएका थिए ।
त्यसअघि सिएए क्रिकेट मैदानमा टोरन्टोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभर पुरै खेक्दै ५ विकेट गुमाएर १सय ८९ रनको ठुलो योगफल खडा गरेको थियो ।
टोरन्टोलाई ठुलो स्कोरसम्म पुर्याउनका लागि रोड्रिगो थोमसले सर्बाधिक ७० रनको पारी खेले । भने हेन्रीच क्लासेनले ६४ रनको योगदान गरेका थिए ।
बलिङतर्फ मोन्टरियलका थिसरा परेराले २ विकेट लिए । भने निखिल दत्ता , फवाद अहमद र डेलिन हेलिगरले समान १/१ विकेट हात पार्न सफल भएका थिए ।