वेस्ट ईन्डिजविरुद्दको अन्तराष्टिय टी – टवा्न्टी सिरीज भारतको कब्जामा
साउन २२ , अनलाइन खेलखबर ।। वेस्ट ईन्डिजको भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले टी – टवा्न्टी क्रिकेटमा वेस्ट ईन्डिजमाथि क्लिन स्वीप गरेको छ ।
३ खेलको सिरीजमा भारतले तिनै खेल आप्ःनो पक्षमा पार्दे सिरीज आप्नो नाममा लेखाउन सफल भएको हो ।
गएराती सम्पन्न टी – टवा्न्टी सिरीजको अन्तीम खेलमा भारतले वेस्ट ईन्डिजमाथि ७ विकेटले पराजित गरेसगै सिरीज भारतले ३- ० ले कब्जा गरेको हो ।
मगलवार भएको अन्तीम खेलमा वेस्ट ईन्डिजले प्रस्तुत गरेको १ सय ४७ रनको विजयी लक्क्ष भारतले १९.१ ओभर मात्र ३ विकेट गुमाएर भेटायो ।
भारतको जितमा ऋशभ पन्तले सर्बाधिक ६५ रनको पारी खेले । अविजित रहेका उनि ४२ बलको सामना गर्दे ४ चौका ४ छक्कासहित सहित उक्त रन बनाएका थिए ।
यस्तै टिमका लागि कप्तान विराट कोहलीले पनि ५९ रनको योगदान गरे । भने लोकेश राहुलले २० रनलेको योगदान गरे ।
बलिगतर्फ वेस्ट ईन्डिजका ओशन थोलसले २ विकेट लिन सफल भए ।
त्यसअघी टस हारेर वेस्ट ईन्डिजले पहिले ब्याटिग गर्दे निर्धारीत २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतीमा १ सय ४६ रन बनाएको थियो ।
वेस्ट ईन्डिजका लागि काईरन पोलार्डले सर्बाधिक ५८ रनको योगदान गरे । भने अविजित रहेका रोभमन पावेलले ३२ रन बनाए ।
बलिनतर्फ भारतका दीपक चाहरले ३ तथा नवदीप सैनीले २ र राहुल चाहरले १ विकेट लिए ।
टी – टवा्न्टी पछी अब भारतले ३ एकदीवसीय र २ टेस्ट खेल खेल्न बाकी रहेको छ । भारतले पहिलो एकदीवसीय खेल भोलि बिहीवार खेल्दैछ ।