![सोमपालको टिम हक्सको खेल राती हुँदै : सोमपालको भने सम्भावना न्यून](https://onlinekhelkhabar.com/wp-content/uploads/1713863036Sompal.jpeg)
सोमपालको टिम हक्सको खेल राती हुँदै : सोमपालको भने सम्भावना न्यून
साउन २१ , अनलाइन खेलखबर ।। क्यानडाको क्रिकेट लीग ग्लोबल टी -ट्वान्टी अन्तर्रगत आज राती सवा २ बजे सोमपालको टिम विनीपेग हक्सले भान्कुभर नाईट्सको सामना गर्देछ ।
लीगको राउण्ड दुई अन्तरर्गत आजनै ब्राम्पटन वॉल्व्सले एडमन्टन रोयल्सको सामना गर्देछ । यो खेल आज राती सवा १० बजेपछी हुँनेछ ।
यता राती हुँने खेलमा उनको टिमले सोमपाललाई निरन्तरता दिन्छ या दिदैन त्यो हेर्न बाकी रहेको छ ।
यसअघी एडमन्टन विरmद्दको खेलमा उनको खराब प्रदर्शनका कारण नाईट्सविरूद्दको खेलमा उनको सम्भावना कम देखिन्छ ।
उनले सो खेलमा २ ओभर बलिग गर्दे ३३ रन खर्चीएका थिए । यता टिमले जारी प्रतीयोगीतामा ५ खेलमा २ मा जित र ३ मा हार व्यहोर्दे अहिले ४ अकसहित पाँचौ स्थानमा रहेको छ ।
उता नाईट्स ५ खेलबाट ३ मा जित र २ मा हार व्यहोर्दे अहिले दोस्रो स्थानमा रहेको छ ।
यस्तोमा आजको खेलमा पराजीत भएको खण्डमा सोमपालको टिम हक्स प्रतियोगिताबाट बाहिरीने छ । जित हासील गरेको खण्डमा भने प्ले अफको साहरा लिनु पर्ने हुन्छ ।
भने नाईट्सले जित निकालेमा सिधा क्वालिफायरमा पुग्नेछ । भने पराजित भएमा अझै एउटा मौका रहन्छ । जो एलीमिनेटर खेल्न पाउँने छ ।