onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमानमा अन्तराष्टिय टि- ट्वान्टी सिरिज हुँदै : नेपाललाई पनि आमन्त्रण

साउन २१ , अनलाइन खेलखबर || ओमान क्रिकेटले आउँदो अक्टोबर ३ देखि अन्तराष्टिय टि- ट्वान्टी सिरिजको आयोजना गर्दैछ ।

जसमा क्रिकेटका उदायमान राष्टहरु ओमान सहित नेपाल ,हंगकंग , आयरल्याण्ड र नेदरल्याण्डको सहभागिता रहने भनिएको छ ।

नेपाली क्रिकेट टिमका ब्यबस्थापक रमन सिवाकोटीका अनुसार ओमान क्रिकेटले प्रतियोगीताको लागि खबर गरेको भन्दै अन्य टिमले पनि यस प्रतियोगिताका लागि खेल्ने ईच्छुक जनाएको बताईएको छ ।

यता सिवाकोटीको अनुसार नेपालको सहभागिताको बारेमा भने नेपाललाई हेर्दै आएको अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) को निर्णयमा भर पर्ने बताए ।

यसअघि पनि एक ठाउमा यस्तै किसिमको सिरिज हुँने भनिएको भएता पनि बिचमा आफै हराएर गएको थियो | तर यसपटक स्वयम् ओमान क्रिकेटले यस प्रतियोगिता गर्न लागेको हुँदा यो प्रतियोगिता भन्ने हुँने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्