स्वीकृति नआउँदा एसिया कपको तयारी प्रभावित

स्वीकृति नआउँदा एसिया कपको तयारी प्रभावित

साउन २१ , अनलाइन खेलखबर || अर्को महिना श्रीलंकामा हुँन गईरहेको यु -१९ एसिया कपको तयारीमा नेपाली युवा टोली जुट्न सकिरहेको छैन ।

फाईल फोटो

आज मगंलबारबाट सुरु हुने भनिएको भएतापनि अहिले सम्म एसीसीले स्वीकृति दिन नसक्दा टिमको तयारीमा प्रभावित देखिने संकेत मिलेको छ ।

अब भन्नुहोला आफ्नो तयारी गर्न पनि आईसीसी र एसीसीको स्वीकृति किन लिन पर्छ । त्यस्तो होईन अहिले नेपाल क्रिकेट संघ (क्यान ) निलम्बन भएको अबस्थामा त्यसको प्रभाव सिधा टिममा पर्ने हुन्छ ।

तयारीका दौरान लाग्ने खर्चको जिम्मा कस्ले लिने भन्ने कुरा आउछ । हो त्यही कारण नेपाली टिमले नेपाललाई हेर्दै आएको आईसीसी सँग गुहार्न पर्ने बाध्यता रहेको छ ।

जसले गर्दा आईसीसीको ढिला सुस्तिका कारण नेपाललाई बारम्बार यस्ता समस्यासँग जुदिरहंन पर्ने बाध्यता रहदै आएको छ ।

यसअघि साउन १६ गतेबाट तयारी गर्ने भनिएको थियो । र स्वीकृति आउँन बाकि थियोनै अर्को कुरा नेपालको एकमात्र अन्तराष्टिय क्रिकेट मैदान त्रिवी अन्तराष्टिय क्रिकेट मैदानमा घाँस काट्ने मेसिन नहुँदा घाँसे मैदानमा परिणत हुँदा प्रभावित हुन पुगेको हो ।

तर अहिले मैदान पहिलेको अबस्थामा फर्किदैछ । अब भने नेपालले स्वीकृति पाउने वितिकै नेपालले आफ्नो बन्द प्रशिक्षणमा जुट्ने छ ।

केहि समय नेपालमा अभ्यास गरिसकेपछि नेपाल अन्तिम तयारीका लागि एसिया कप हुँदै गरेको श्रीलंका जाने भनिएको छ । जसमा नेपालले श्रीलंकामा अन्तिम तयारी गर्ने भनिएको छ ।

सुरुमा नेपालले थप तयारीका लागि भारत जाने प्रस्तावना आईसीसी र एसीसी लाई गरेको भएपनि त्यो कुरा पूरा हुन सकेन । जसअनुरुप श्रीलंकाका लागि अहिले कुरा भईरहेको बुझिएको छ ।

कुल ८ टिमको सहभागिता रहने एसिया कपमा नेपाल सहित टेस्ट राष्ट भारत ,पाकिस्तान , बंगलादेश , श्रीलंका , अफगानिस्तान , युएई र कुबेत रहेका छन ।

तर सेप्टेम्बर ५ देखि १४ तारिखसम्म प्रतियोगिताको मिति तय भएपनि अझै खेल तालिका भने सार्वजनिक गरिएको छैन ।

साउथ अफ्रिकामा हुने विश्वकप गुमाएको भएपनि नेपालले यसलाई अझ राम्रो अबसरको रुपमा लिएको छ । र सोहि अनुरुप आफ्नो तयारी गर्ने समेत बताएको छ । प्रतियोगितामा राम्रो गर्ने आफ्नो सोच रहेको टिमको कथन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *