एसिया कपको लागि नेपाली युवा टोली तयारीमा जुट्दै
साउन २१ , अनलाइन खेलखबर || अर्को महिना सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा हुँन गईरहेको एसीसी एसिया कपको तयारीमा नेपाली यु -१९ क्रिकेट टिमले आज मङ्गलवार देखि सुरु गर्दैछ ।
प्रतियोगिताको मिति नजिकिदै गर्दा नेपालको तयारीमा भने केहि ढिला हुँन गएको छ । खेलाडीहरुले इन्डोर तयारी स्वयम् गरिरहेको भएपनि मैदान उपलब्ध नहुँदा टिमलाई थप अभ्यास गर्न गाह्रो परिरहेको अबस्था थियो ।
नेपालको एक मात्र अन्तराष्टिय स्तरको क्रिकेट मैदान त्रिवि मैदान घाँसे मैदानमा परिणत हुँन पुगेपछि यु -१९ को अभ्यासलाई प्रभावित पारेको थियो ।
तर अहिले मैदानमा घाँस काटने मेसिन उपलब्ध भएसगै मैदानको स्वरूप फेरीएको अबस्थामा नेपालले आफ्नो तयारी सुरु गर्न लागेको हो ।
केहि समय नेपालमा अभ्यास गरिसकेपछि नेपाल अन्तिम तयारीका लागि एसिया कप हुँदै गरेको श्रीलंका जाने भनिएको छ । जसमा नेपालले श्रीलंकामा अन्तिम तयारी गर्ने भनिएको छ ।
सुरुमा नेपालले थप तयारीका लागि भारत जाने प्रस्तावना आईसीसी र एसीसी लाई गरेको भएपनि त्यो कुरा पूरा हुन सकेन । जसअनुरुप श्रीलंकाका लागि अहिले कुरा भईरहेको बुझिएको छ ।
कुल ८ टिमको सहभागिता रहने एसिया कपमा नेपाल सहित टेस्ट राष्ट भारत ,पाकिस्तान , बंगलादेश , श्रीलंका , अफगानिस्तान , युएई र कुबेत रहेका छन । तर प्रतियोगिताको मिति तय भएपनि अझै खेल तालिका भने सार्वजनिक गरिएको छैन ।
साउथ अफ्रिकामा हुने विश्वकप गुमाएको भएपनि नेपालले यसलाई अझ राम्रो अबसरको रुपमा लिएको छ । र सोहि अनुरुप आफ्नो तयारी गर्ने समेत बताएको छ । प्रतियोगितामा राम्रो गर्ने आफ्नो सोच रहेको टिमको कथन रहेको छ ।