ग्लोबल टी -ट्वान्टीमा सन्दिपको टिम टोरोन्टोको दोस्रो जित : सन्दिपको पनि सुधारिएको प्रदर्शन

ग्लोबल टी -ट्वान्टीमा सन्दिपको टिम टोरोन्टोको दोस्रो जित : सन्दिपको पनि सुधारिएको प्रदर्शन

साउन २० , अनलाइन खेलखबर ।। नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम टोरोन्टो नेशनल्सले क्यानडामा जारी ग्लोबल टी -ट्वान्टी लिगमा दोस्रो जित हासिल गर्ने क्रममा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ ।

सोमबार बिहान भएको खेलमा मोन्टरियल टाइगर्सले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको टोरोन्टो नेशनल्सले उक्त चुनौतीलाई १७.३ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ् गरेको टोरोन्टो नेशनल्सका लागि युएईका चिराग सुरीले सर्बाधिक ५२ रनको योगदान गरे । अर्धशतकीय पारी खेलेका उनले ३७ बलमा ७ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाउदै टिमलाई महत्वपूर्ण जित दिलाउन सफल भए ।

यस्तै टिमका लागि क्रिस ग्रिनले अविजित रहदै ३० तथा हेनरिक क्लासेनले २० रनको योगदान गरे ।

बलिङतर्फ टाईगर्सका लागि फवाद अहमद र अलसादेयर इवांसले समान २/२ विकेट लिन सफल भए भने स्कॉट कुग्गेलेइजन र थिसारा परेराको नाममा पनि १/१ विकट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिंङ गरेको मोन्टरियल टाइगर्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । जसमा काइल कोट्जरले सर्बाधिक २६ रन जोड्नु बाहेक अन्य खेलाडीहरुबाट उलेख्य प्रदर्शन हुन् नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।

मोन्टरियल टाइगर्सलाई कम स्कोरमा रोक्न टोरोन्टो नेशनल्सका बलिङतर्फ क्रिस ग्रिन र सलमान नजरले समान २/२ विकेट हात पार्दा मिशेल मैक्लेनाघन, जेरेमी गॉर्डन र सन्दिप लामिछानेले समान १/ १ विकेट हात पारे ।

४ ओभर पुरै बलिङ गरेका सन्दिपले २८ रन खर्चिएर १ विकेट हात पारेका थिए ।

यो जितसँगै सन्दिपको टिम टोरोन्टो नेशनल्स ५ खेलबाट ३ मा हार र २ मा जित निकाल्दै ४ अंकसहित अंकतालिकामा चौथो स्थानमा रहेको छ । भने टाईगर्स समान ५ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *