वेस्ट ईन्डिजबिरुद्दको दोस्रो टि – ट्वान्टी खेल आज हुँदै : भारत लगातार दोस्रो जित निकाल्न लालाहित

वेस्ट ईन्डिजबिरुद्दको दोस्रो टि – ट्वान्टी खेल आज हुँदै : भारत लगातार दोस्रो जित निकाल्न लालाहित

साउन १९ , अनलाइन खेलखबर || वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतीय क्रीकेट टिम र वेस्ट ईन्डिजबीचको दोस्रो टि- ट्वान्टी खेल आज हुँदैछ ।

भ्रमणमध्यको ३ टि – ट्वान्टी खेलमध्य पहिलो खेल सनिवार सम्पन्न भईसकेको अबस्था छ । जसमा भारत ४ विकेटले विजयी भएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्दै वेस्ट ईन्डिजले प्रस्तुत गरेको ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेटाएको थियो ।

र दोस्रो दिन दोस्रो पटक भिडदै जादाँ आज भने खेल अझ राम्रो बन्ने आकंलन गरिएको छ । पहिलो खेलमा वेस्ट ईन्डिजले निकै खराब ब्याटिङ गरेको थियो भने पछ्याउँने क्रममा भारतको अवस्था उस्तै उस्तै देखिएको थियो ।

आज पनि खेल फ्लोरिडामा नेपाली समय अनुसार राती सवा ८ बजेपछी सुरु हुनेछ ।

वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतिय टिमले वेस्ट ईन्डिजबिरुद्ध ३ टि – ट्वान्टी , ३ एकदिवसीय र २ टेस्ट खेल खेल्ने कार्यक्रम रहेको छ ।

जो आउँदो सेप्टेम्बर ३ तारिखसम्म चल्नेछ ।

भारतीय टोली : विराट कोहली (कप्तान ), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, ऋषभ पंत , श्रेयस अय्यर, क्रुनाल पाण्डेय , रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, नवदीप सैनी, खलील अहमद, मनीष पाण्डे , दीपक चाहर र वाशिंगटन सुन्दर

वेस्ट ईण्डिज टोली :कार्लोस ब्रैथवेट (कप्तान ),जोन कैंपबेल, एविन लुईस, शिमरोन हेटिमर, रोवमैन पॉवेल, निकोलस पूरण , कीरोन पोलार्ड, जेसन मोहम्मद, , केमो पॉल, शेल्डन कॉटरेल, ओसाने थोमस, एंथनी ब्राम्बले ,खैरी पियरे र सुनिल नारायण

Leave a Reply

Your email address will not be published. Required fields are marked *