सन्दिपको टिम फेरी पराजित : सन्दिपले लिए एक विकेट

सन्दिपको टिम फेरी पराजित : सन्दिपले लिए एक विकेट

साउन १९ , अनलाइन खेलखबर ।। नेपालका लेग स्पिनर सन्दिप लामिछानेको टिम टोरोन्टो नेशनल्स जारी ग्लोबल टी -ट्वान्टी लिगको आफ्नो चौथो खेलमा ब्रम्पटन वोल्भ्ससँग ११ रनले पराजित भएको हो ।

गएराती सम्पन्न भएको खेलमा टस जितेर टोरोन्टो नेशनल्सले टस जितेर ब्रम्पटन वोल्भ्सलाई पहिले ब्याटिङ गर्नका लागि निम्तो दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको ब्रम्पटन वोल्भ्सले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर २ सय २२ रनको बिशाल योगफल खडा गरेको थियो ।

ब्रम्पटन वोल्भ्सलाई बिशाल योगफल सम्म पुर्याउन स्कटल्याण्डका जॉर्ज मुन्सेले सर्बाधिक ६६ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले ६ चौका र ५ छक्का समेत प्रहार गरे । यस्तै टिमका लागि हङकङका बाबर हायातले अविजित रहदै ४८ रनको योगदान गरे ।

बालिङतर्फ टोरोन्टोका लागि कप्तान युवराज सिह , जेरेमी गोर्डन,मोइस हेनरिक र सन्दिप लामिछानेले समान १/१ विकेट हात पार्न सफल भएका थिए । जारी सस्करणमा डेब्यु खेल खेलेका सन्दिपको प्रदशन शन्तोषजनक भने हुन् सकेन । आफ्नो स्पेलको ४ ओभर बलिङ् गरेका उनि महँगा सावित् हुँने क्रममा ४४ रन खर्चिएका थिए ।

त्यसपछि ब्रम्पटन वोल्भ्सले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ गरेको टोरोन्टो निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा २ सय ११ रनमा सिमित हुन् पुग्दा जित नजिक पुग्दा पुग्दै टिम निराश हुन् परेको थियो ।

टोरोन्टोका लागि कप्तान युवराज सिंहले सर्वाधिक ५१ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले ३ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि ब्रेण्डम म्यकुलमले ३६ रन तथा रोड्रीगो थोमसले २८ रन र हेनरीच क्लासेनले ३५ रन बनाउन सफल भएका थिए ।

बलिङतर्फ वोल्भ्सका नवाब सिंहले २ विकेट लिए भने शाहिद अफ्रिदी, अब्रास खान, इस सोढ़ी, वहाव रियाज र परवेजले समान १/१ विकेट लिए ।

यो जितसंगै अपराजित रहेको वोल्भ्स ४ खेलमा ४ मै जित हासिल गर्दै ८ अंकका साथ् अंकतालिकाको पहिलोस्थानमा छ । भने टोरोन्टो ४ खेलबाट ३ मा हार र १ मा जित निकाल्दै २ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *