डेब्यु खेलमै सोमपाल महँगा सावित

डेब्यु खेलमै सोमपाल महँगा सावित

साउन १९ , अनलाइन खेलखबर ।। नेपालका युवा तिब्रगतीका बलर सोमपालले क्यानडामा जारी ग्लोबल टी -ट्वान्टीमा डेब्यु गरेका छन ।

विन्नीपेग हक्समा ३ हजार अमेरिकन डलरमा अनुबन्धित भएका सोमपाललाई टिमले एडमंटन रोयल्ससँगको खेलमा मैदान उत्रारेको थियो । जसमा उनि केहि महँगा साबित हुन् पुगे । मात्र २ ओभर बलिङ् गरेका उनले ३३ रन खर्चिए । उनको ओभरमा १ चौका र ३ छक्का प्रहार समेत भएको थियो ।

यता ब्याटिङमा भने उनि १ रनमा अविजित रहे ।

आईतबार विहान भएको प्रतियोगिताको १३ औँ खेलमा रोयल्सले टस जितेर सोमपालको टिम हक्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुरुप हक्सले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

हक्सका लागि शाईमन अनवरले सर्बाधिक ६२ रनको योगदान गरे । ३५ बलको सामना गरेका उनले १० चौका र २ छक्काको मद्दतमा उक्त पारी खेले । यस्तै हक्सका क्रिस लिनले ३३ तथा कप्तान जेपी डुमिनिले ४८ रनको योगदान गरेका थिए ।

त्यसपाछि खेलमा हक्सले प्रस्तुत गरेको १ सय ९६ रनको बिशाल विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको रोयल्सले १४ बल बाकी रहदै मात्र २ विकेट गुमाएर उक्त लक्ष्यलाई भेटाउदै हक्समाथि ८ विकेटले जित हासिल गर्यो ।

रोयल्सलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा हंङकंङका अन्शुमान राथले ८७ तथा कप्तान मोहम्मद हफिजले ५५ रन र जेम्स निशमले २८ रनको योगदान गरेका थिए ।

बलिङमा हक्सका लागि कलिम शाना र पॉल वैन मिकेनले समान १/१ विकेट हात पारे ।

यो खेलसँगै रोयल्स अंकतालिकामा ५ खेलबाट २ अंकजोडन सफल हुँदै अंकतालिकाको अन्तिम स्थानमा यथावत रहेको छ । भने सोमपालको टिम हक्स समान ५ खेलबाट २ मा जित र ३ मा हार व्यहोर्दै ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *