सन्दिप अन्तिम ११ मा पर्न सफल
साउन १८ , अनलाइन खेलखबर | क्यानडाको चर्चित क्रीकेट लिग ग्लोबल टि- ट्वान्टीमा नेपालका युवा लेग स्पिनर सन्दिप लामिछाने ब्राम्पटनले व्ल्भ्ससँगको खेलमा अन्तिम ११ मा स्थान बनाउँन सफल भएका छ्न ।
टोरन्टो नेशनलसगँ आबद्द सन्दिपले आजको ब्राम्पटनले व्ल्भ्सबिरुद्दको खेलमा मौका पाएका हुँन ।
यता सन्दिपको टिमले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
युवराज सिँहको कप्तानीमा रहेको टिममा सन्दिप र युवराज सहित रोड्रीगो थोमस, ब्रेन्डन मक्कुलम, मोइजेस हेनारिकेस, हेनरिक क्लासेन, रविंदरपाल सिंह,मार्क मनफर्ट, जेरेमी गोर्डोन, सलमान नजर, मिचेल मक्क्लिनाघन आजको खेलमा खेल्नेछ्न ।
जारी प्रतियोगितामा ब्राम्पटन ३ खेलबाट शत प्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने सन्दीपको टिम ३ खेलबाट मात्र १ खेलमा जित निकाल्दै पाँचौ स्थानमा हरेको छ ।