वेस्ट ईण्डिजको लज्जास्पद ब्याटिङ : भारतसामु झिनो  लक्ष्य प्रस्तुत

वेस्ट ईण्डिजको लज्जास्पद ब्याटिङ : भारतसामु झिनो लक्ष्य प्रस्तुत

साउन १८ , अनलाइन खेलखबर || वेस्ट ईण्डिज र भारतबीचको पहिलो टि-ट्वान्टी खेल अहिले जारी रहेको अबस्था छ ।

फ्लोरिडामा जारी खेलमा भारतले टस जितेर वेस्ट ईण्डिजलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार वेस्ट ईण्डिजले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ९५ रन बनाएको छ ।

ईनिङको पहिलो बलमा गोल्डेन डकआउटको रुपमा पभेलियनको रुपमा जोन कैंपबेललाई गुमाएको वेस्ट ईण्डिजले यसपछी ३३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो ।

निकै खराब सुरुवात गरेको वेस्ट ईण्डिजका लागि टिमको स्कोर ८ रन हुँदा अर्का महत्वपूर्ण खेलाडी एविन लुईसलाई सुन्य रनमा गुमाएपछी टिम थप दबाबमा आएको थियो ।

त्यसपछी पनि वेस्ट ईण्डिजको विकेट पतन हुँने क्रम जारी रहयो । जसमा निकलोस पुरनले २० रन बनाएदै केहि आश देखाएपनि उनि पनि सफल हुन् सकेनन ।

निकलोस आउट भएपछी शिमरोन हेटिमर पनि सुन्य रनमा आउट हुन् पुगे । भने रोवमैन पॉवेलले ४ रन बनाए ।

५ विकेट सस्तैमा गुमाएको टिमलाई उकास्ने क्रममा किरण पोलार्ड र कप्तान कार्लोस ब्रेथवेटले छठौ विकेटका रुपमा ३४ रनको साझेदारी गर्दै लगेका थिए ।
कुर्नाल पाण्डेयको बलमा १४.२ ओभरमा ब्रेथवेट ९ रनमा आउट हुँन पुगेपछी वेस्ट ईण्डिज झन निरिह साबित हुँन पुग्यो ।

किरण पोलार्डले भने ४९ रन बनाए ।

बलिंङतर्फ भारतका नभदिप शैनिले ३ तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे । यस्तै खलिल अहमद ,कुर्नाल पाण्डे .रबिन्द्र जडेजा र वाशिंगटन सुन्दरले पनि समान १/१ विकेट हात पारे ।

अब वेस्ट ईण्डिजले प्रस्तुत गरेको ९६ रनको विजयी चुनौतीलाई पछ्याउदै भारतले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *