पहिलो टी -ट्वान्टी खेल : टस जितेर भारतले दियो वेस्ट ईण्डिजलाई ब्याटिंङ्गको निम्तो
साउन १८ , अनलाइन खेलखबर ।। वेस्ट ईण्डिजको भ्रमणमा रहेको भारतीय टिम र वेस्ट ईण्डिजविचको पहिलो टी – ट्वान्टी खेल सुरु हुँदै छ ।
फ्लोरिडामा हुने खेलमा अहिले भारतले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गरेको छ । अब वेस्ट ईण्डिजले पहिले ब्याटिंङ्ग गर्नेछ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा यसपटक युवाँ खेलाडीहरुलाई बिशेष स्थान दिईएको छ ।
जसमा ईङ्गल्याण्ड र वेल्समा हालै सम्पन्न एकदिवसीय विश्वकपको दौरान चोटिल भएर विश्वकप गुमाएका शिखर धवन टिममा फर्किएका छन । यस्तै युवा खेलाडीलाई राम्रो गर्न समेत अबसर रहेको छ । जसमा मनीष पाण्डे र श्रेयस अय्यरका लागि पनि खास रहने छ ।
यस्तै टी -ट्वान्टीमा वेस्ट ईण्डिजलाई पनि राम्रो टिमका रुपमा लिने गरिन्छ ।
खास गरी वेस्ट ईण्डिजलाई आक्रामक ब्याटिंङ् गर्ने टिमको रुपमा लिने गरिन्छ । वेस्ट ईण्डिज यस्तो टिम हो खेललाई जुनसुकै अबस्थामा उल्टाउने क्षमता राख्छ । यस्तोमा आजको खेल रोमाञ्चक पक्कै हुने आकलन गरिएको छ ।
यता भारतीय टिमका कप्तानले यस वेस्ट ईण्डिज भ्रमणलाई आसन्न अष्टेलियामा हुने टि -ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको बताएका छन ।
भारतको वेस्ट ईण्डिज भ्रमण शनिवारबाट सुरु भई आउँदो सेप्टेबर ३ सम्म चल्नेछ ।