भारतको वेस्ट ईण्डिज भ्रमण : पहिलो टी – ट्वान्टी खेल आज हुँदै
साउन १८ , अनलाइन खेलखबर ।। विश्वकप पछि भारतीय क्रिकेट टिम अहिले वेस्ट ईण्डिज भ्रमणमा रहेको छ । जहाँ तिन टी -ट्वान्टी , तिन एकदिवसीय र दुई टेस्ट खेल्ने कार्यक्रम रहेको छ ।
जसको सुरुवात आज शनिवार बाट सुरु हुँदै छ । जसअनुरुप भारत र वेस्ट ईण्डिजको पहिलो टी -ट्वान्टी खेल आज हुँदैछ ।
फ्लोरिडामा हुने खेल अबको केहि समय पछी अर्थात नेपाली समय अनुसार राती सवा ८ बजेपछी सुरु हुँनेछ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा यसपटक युवाँ खेलाडीहरुलाई बिशेष स्थान दिईएको छ ।
जसमा ईङ्गल्याण्ड र वेल्समा हालै सम्पन्न एकदिवसीय विश्वकपको दौरान चोटिल भएर विश्वकप गुमाएका शिखर धवन टिममा फर्किएका छन । यस्तै युवा खेलाडीलाई राम्रो गर्न समेत अबसर रहेको छ । जसमा मनीष पाण्डे र श्रेयस अय्यरका लागि पनि खास रहने छ ।
यस्तै टी -ट्वान्टीमा वेस्ट ईण्डिजलाई पनि राम्रो टिमका रुपमा लिने गरिन्छ ।
खास गरी वेस्ट ईण्डिजलाई आक्रामक ब्याटिंङ् गर्ने टिमको रुपमा लिने गरिन्छ । वेस्ट ईण्डिज यस्तो टिम हो खेललाई जुनसुकै अबस्थामा उल्टाउने क्षमता राख्छ । यस्तोमा आजको खेल रोमाञ्चक पक्कै हुने आकलन गरिएको छ ।
यता भारतीय टिमका कप्तानले यस वेस्ट ईण्डिज भ्रमणलाई आसन्न अष्टेलियामा हुने टि -ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको बताएका छन ।
भारतको वेस्ट ईण्डिज भ्रमण शनिवारबाट सुरु भई आउँदो सेप्टेबर ३ सम्म चल्नेछ ।
भारतीय टोली : विराट कोहली (कप्तान ), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, ऋषभ पंत , श्रेयस अय्यर, क्रुनाल पाण्डेय , रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, नवदीप सैनी, खलील अहमद, मनीष पाण्डे , दीपक चाहर र वाशिंगटन सुन्दर
वेस्ट ईण्डिज टोली :कार्लोस ब्रैथवेट (कप्तान ),जोन कैंपबेल, एविन लुईस, शिमरोन हेटिमर, रोवमैन पॉवेल, निकोलस पूरण , कीरोन पोलार्ड, जेसन मोहम्मद, , केमो पॉल, शेल्डन कॉटरेल, ओसाने थोमस, एंथनी ब्राम्बले ,खैरी पियरे र सुनिल नारायण