क्रीकेटर आरिफ शेखलाई रेड रक स्पोर्ट्सको प्रायोजन

क्रीकेटर आरिफ शेखलाई रेड रक स्पोर्ट्सको प्रायोजन

साउन १७ , अनलाईन खेलखबर ।। भारतको मेरठमा स्थित भारतीय क्रिकेट निर्माण कम्पनी रेड रक स्पोर्ट्सले नेपाली राष्टिय क्रिकेटर आरिफ शेखलाई प्रायोजन गरेको छ ।

शुक्रवार कम्पनी र आरिफबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । जसमार्फत आरिफले कम्पनीबाट उत्पादन भएका खेल सामाग्री १ बर्षसम्म प्राप्त गर्नेछ्न ।

यसअघि यहिँ कम्पनीले राष्टिय क्रिकेट खेलाडी सोमपाल कामीलाई २ वर्ष तथा अर्का खेलाडी करन केसिलाई पनि १ बर्षको लागि प्रायोजन गरिसकेको छ । यस्तै कम्पनीले युवा खेलाडी भिम सार्कीलाई पनि ३ बर्षका लागि प्रायोजन गरेको छ ।

रेड रक स्पोर्ट्स सन् २००७ मा स्थापना भएको भारतीय कम्पनि हो ।

कम्पनीले उत्पादन गरेको सामाग्री सचिन तेंदुलकर, वीरेंद्र सहवाग, युवराज सिंह, महेन्द्र सिह धोनी र रोबिन उथप्पा जस्ता खेलाडीले प्रयोग गर्दै आएका छन । कम्पनीले चाडैनै काठमाण्डौमा शाखा बिस्तार गर्ने पनि बताएको छ ।

प्रायोजन पछि क्रिकेटर आरिफले प्रायोजनबाट खुशी लागेको बताउँदै हामीलाई अझ राम्रो गर्नमा यसले अझ हौसला प्रदान गर्ने बताए । साथै उनले प्रायोजक कम्पनीलाई धन्यबाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *