मेसिन आयो : घाँस काट्ने काम सुरु
साउन १७ , अनलाइन खेलखबर || घाँसे मैदानमा परिणत त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान अन्ततः पहिलेको अबस्थाको आउँने भएको छ ।
बिगत केहीसमय देखि घाँस काटने मेसिन नहुँदा त्रिवि मैदान घाँसे मैदानमा परिणत भएको थियो ।
तर विभिन्न अनलाइन सन्चारमाध्यमले यस बारेमा बाहिर ल्याएपछि एक किसिमको जन दबाब सुनिन थापेपछि , त्यसको प्रभाव स्वरुप नेपाल खेलकुद परिषद ( राखेप )ले तिब्रगतीमा घाँस काटने मेसिन उपलब्ध गराएको छ ।
र मेसिन प्राप्त भएसँगै अहिले मैदानका स्टार्फहरुले मैदानको घाँस काटन सुरु गरिसकेका छ्न ।
अब भने केहीदिन भित्र त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान पुन : पहिलेको जस्तो अबस्थामा आउँने छ ।