घाँसे मैदानमा परिबर्तन भएको टियुको घाँस समर्थकहरुले काट्ने

घाँसे मैदानमा परिबर्तन भएको टियुको घाँस समर्थकहरुले काट्ने

साउन १७ , अनलाइन खेलखबर || नेपालको अन्तर्राष्ट्रिय स्तरको एकमात्र त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान अहिले घाँसे मैदानमा परिणत भएको अवस्था छ ।

केहीदिन अघि नेपाली खेलकुदमा समर्पित अनलाइन सन्चारमाध्यमले टियु क्रीकेट मैदानको अबस्थाबारे बाहिर ल्याएपछि अहिले यसले सकारात्मक प्रभाव छोड्ने क्रम जारी छ ।

र सोही क्रममा नेपाली क्रीकेटको समर्थकहरुको प्रतिनिधि संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस )ले भोलि शनिबार त्रिवि मैदानलाई सरसफाई गर्ने घोषणा गरेको छ ।

घाँस काटने मेसिन नहुँदा अहिले नेपालको प्रतिष्ठासँग जोडिएको टियु क्रीकेट मैदान घाँसे मैदानमा परिबर्तन भएको छ ।

त्यसैबिचमा समर्थकहरुले स्वत रुपमा दयनीय अबस्थामा रहेको मैदानमा रहेको घाँस काटने र सरसफाई गर्ने बताएका छ्न ।

संस्थाले शुक्रवार आफ्नो आधिकारिक सामाजिक संन्जालमार्फत उक्त कुराको जानकारी गराएको छ । संस्थाका अनुसार मैदानको सरसफाई बिहान साढे ७ बजेपछीबाट सुरु हुँनेछ ।

जसमा मैदान भित्रबाहेक अन्य स्थानमा संस्थाका समर्थकहरुले सरसफाई गर्नेछ्न । संस्थाले यसलाई रचनात्मक कार्यको रुपमा लिदै सम्बन्धित निकायलाई थप दबाब दिने उदेश्यका साथ यो कार्य गर्न लागिएको बताएको छ ।

संस्थाले सरसफाईमा ईच्छुक समर्थकहरुलाई सरसफाईका क्रममा आबस्यक पर्ने घरेलु औजार पनि ल्याउन आग्रह गरेको छ ।

हालसम्म नेपालको उत्कृष्ट एकमात्र क्रीकेट मैदानको रुपमा टियु मैदानलाई लिने गरिन्छ ।यो मैदान आधिकाम्स नेपालका राष्टिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको साक्षी बन्दै आएको छ ।

तर अहिले यहि क्रीकेट मैदान विरामी परेको छ । साउन महिनाको मध्यतिर अहिले बर्षातको समय हो । त्यसैले प्रतियोगिता हुने पनि कुरा भएन ।

त्यसैले गर्दा मैदानलाई मर्मत -सम्भार गरिरहनु पर्ने ठाउँमा अहिले त्यो हुन नसक्दा टियु मैदान यो अबस्था सम्म आएको छ ।

यो अवस्था अघि यो मैदानमा राष्ट्रिय खेलकुद परिषद(राखेप )को आयोजनामा नेपालको ठूलो एकदिवसिय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप भएको थियो । भने यहि मैदानमा केही समय अघि नेपाली राष्टिय क्रीकेट टिमले सिगांपुर जानूअघि अभ्यास गरेको थियो ।

मैदानमा अहिले बर्खे घाँस रमाईरहेको छ । पुर्ण रुपमा घाँसले बिकसित हुने मौका पाएको छ ।घाँसले चारैतिर मैदानलाई आक्रमण गर्दै आफ्नो सामाज्य बनाउँदै गएको देखिन्छ ।

घाँसको यस्तो बिकास मैदान बरिपरि चारैतिर रहेको छ ।

मैदान मर्मत सम्भारका कर्मचारीका अनुसार घाँस काटने मेसिन बिग्रेको हुँदा आफुँहरुले घाँसलाई ब्यबस्थापन गर्न गाह्रो परिरहेको जानकारी गराएका थिए ।

पटक पटक सम्बन्धित निकायलाई जानकारी गराएपनि आफुहरुले मेसिन नपाउँदा काम गर्न गार्हो परिरहेको उनिहरुको कथन छ ।

थप सामाग्री !
घाँस काट्ने मेसिन नहुदाँ टियु घाँसे मैदानमा परिणत

Leave a Reply

Your email address will not be published. Required fields are marked *