क्यानभास ईन्डोर स्कुल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
साउन १५ , अनलाइन खेलखबर ||काठमाडौमा जारी क्यानभास ईन्डोर स्कुल क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
समुह चरणको अन्तिम दिन ५ खेलको समापन सँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
अब बिहीवार हुँने सेमिफाइनल खेलमा पहिलो खेल अपि स्कुल र डिएभी स्कुल भिड्ने छ्न । भने दोस्रो सेमिफाइनलमा बिराट स्कुलले राजन मेमोरियल स्कुलको सामना गर्नेछ ।
कुल १६ टिमको सह्भागिता रहेको प्रतियोगितालाई ४ समुहमा बिजाभन गरि प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगिताको प्राबधान अनुसार समुह चरणबाट समूह बिजेताले सेमिफाइनल पुग्ने रहेको थियो । जसमा प्रतियोगिताले सेमिफाइनलमा भिड्ने टिम प्राप्त गरिसकेको अबस्था हो ।
प्रतियोगिताको फाइनल खेल पनि भोलि बिहिवारनै हुँनेछ ।