घाँस काट्ने मेसिन नहुदाँ टियु घाँसे मैदानमा परिणत
साउन १५ , अनलाइन खेलखबर || नझुक्किनुहोस , यो काठमाडौ किर्तिपुरमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रीकेट मैदान त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदानको ताजा स्थितीको झल्को हो ।
नेपाली क्रीकेटको एक महत्त्वपूर्ण स्थान , जहाँ देशको नाम पनि जोडिएको छ । क्रीकेट भन्ने बित्तिकै पहिलो रोजाईको क्रीकेट मैदान यहि त्रिवी मैदानलाई लिने गरिन्छ ।
भिडियो
हालसम्म नेपालको उत्कृष्ट एकमात्र क्रीकेट मैदानको रुपमा टियु मैदानलाई लिने गरिन्छ । यस मैदान आधिकाम्स नेपालका राष्टिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको साक्षी बन्दै आएको छ ।
तर अहिले यहि क्रीकेट मैदान विरामी परेको छ । साउन महिनाको मध्य- मध्य आईपुग्दा अहिले बर्षातको समय हो । त्यसैले प्रतियोगिता हुने पनि कुरा भएन ।
त्यसैले गर्दा मैदानलाई मर्मत -सम्भार गरिरहनु पर्ने ठाउँमा अहिले त्यो हुन नसक्दा टियु मैदान यो अबस्था सम्म आएको छ ।
मैदानमा अहिले बर्खे घाँस रमाईरहेको छ । पुर्ण रुपमा घाँसले बिकसित हुने मौका पाएको छ ।
घाँसले चारैतिर मैदानलाई आक्रमण गर्दै आफ्नो सामाज्य बनाउँदै गएको देखिन्छ । लाग्छ यो घासलाई पायो भने गाईबस्तु कति रमाउने थिए होला । घाँसको यस्तो बिकाश मैदान बरिपरि चारैतिर देखिन्छ ।
मैदान मर्मत सम्भारका कर्मचारीका अनुसार घाँस काटने मेसिन बिग्रेको हुँदा आफुँहरुले घाँसलाई ब्यबस्थापन गर्न गाह्रो परिरहेको जानकारी गराएका थिए ।
यो अबस्थामा टियुलाई नियाल्नेको मनमा चसक्क सबैलाई पर्न सक्छ । नेपालको एकमात्र क्रीकेट मैदानको यो अबस्था देखेर !
अब यहि मैदानमा ठुलाँ प्रतियोगिता हुने कुरा छ , आसन्न सागको क्रीकेट तर्फका खेल र एकदिवसिय विश्वकपको छ्नोट अन्तर्गतको आईसीसी लिग -२ का केहि खेलहरु अहि मैदानमा गर्ने तयारी गरि रहदा मैदानको हालत यस्तो देखिएको छ ।
साग्रामी भयो भने मैदान पुरानो अबस्थामा ल्याइन धेरै समय नलाग्ला , सामाग्री भयो भने कर्मचारीले मेहनत पक्कै गर्नेछ्न ।
तर यहाँ त्यो भन्दा पनि ठूलो कुरा सम्बधित निकायको चरम लापरबाही देखियो । यो स्तरको मैदानको यस्तो अवस्था सोच भन्दा पनि बाहिरको कुरा बन्न पुगेको छ ।
मैदानको यो अबस्थाका कारण खेलाडीहरुले अभ्यास गर्न नपाईरहेको गुनासो छ् । आसान्न श्रीलंकामा हुँन गईरहेको अन्डर नाईन्टिन एसिया कपको तयारी गर्न युवा टोलिलाई गार्हो परिरहेको यु - १९ को टिमको धारणा रहेको छ ।
हेर्नुहोस थप फोटोमा