विराट स्कुल सेमीफाइनल प्रवेश

विराट स्कुल सेमीफाइनल प्रवेश

साउन १४ , अनलाइन खेलखबर || बिराट स्कुल काठमाण्डौमा जारी क्यानभास ईन्डोर क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । समूह “डी ” मा रहेको बिराटले अब बिहिवार हुँने सेमिफाइनल खेलमा समूह ” बी”को शिर्षस्थानमा रहने टिमसँग प्रतिष्पर्दा गर्नेछ ।

यता प्रतियोगिताको तेस्रो दिनमा भएका ६ खेलमध्ये पहिलो खेलमा क्यानभास स्कुल बेबीलोन स्कुलसँग ७० रनले पराजित भएको थियो ।

खेलमा टस जितेर सुरुमा ब्याटि ङ गरेको बेबिलोन स्कुलले निर्धारित १० ओभर पुरै ब्याटिंग गर्दै ४ विकेटको क्षतिमा १ सय २६ रनको योगफल खडा गरेको थियो ।

बेबिलोनका लागि खेलका प्लेयर अफ द म्याच समेत भएका ईशान्त बिकेले सर्बाधिक ४४ रनको योगदान गरेका थिए l २५ बलको सामना गर्दै उनले सो रन बनाएका हुँन l यस्तै अभिमाया राज्बम्शीले ३५ रनमा अविजित रहे ।

बलिं ङ तर्फ क्यानभासका कृष्ण तामांङ र निशान कार्कीले समान १/१ विकेट हात पारेका थिए ।

त्यसपछी बेबिलोन स्कुलले दिएको १ सय २७ रनको ठुलो विजयी लक्ष्य पछ्याउंदै जवाफी ब्याटि ङ गरेको क्यानभास स्कुल ८.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ५६ रनमा सिमित हुँन पुगेपछि टिम क्यानभास पराजित भएको थियो ।

क्यानभासका तर्फबाट ब्याटि ङ मा अभिषेक सापकोटाले २३ रनको योगदान गरेका थिए ।

यस्तै आजनै भएको दोस्रो खेलमा राजश्री गुरुकुल डीएभी स्कुलसंग ७ विकेटले पराजित भएको थियो । भने तेस्रो खेलमा बिराट स्कुलले ओमेगा स्कुललाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै आजको चौथो खेलमा भने सेंट जेवियर्स स्कूलले ओसिडेन्टललाई २७ रनले पराजित गर्न सफल भएको थियो । भने आजको पाचौं खेलमा डीएभी स्कुलले नोबेल स्कुललाई ८ विकेटले जित हासिल गरेको थियो भने आजको अन्तिम खेलमा ओसिडेन्टललाई बिध्या स ङखर स्कुलले १७ रनले पराजित गरेको थियो ।

कुल १६ स्कुलको सहभागिता रहेको प्रतियोगितामा ४ समूहमा विभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जसबाट समूहमा शिर्षस्थानमा रहने एक टिम सेमीफाइनल पुग्नेछ । सेमीफाइनल र फाइनल खेल आउँदो विहिवार हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *