महिला प्रधानमन्त्रीका ब्यक्तिगत बिधाका विजेताले अझै पुरस्कार राशी प्राप्त गर्न सकेनन : खेलाडी आक्रोशित
साउन १४ , अनलाइन खेल खबर || असार ११ गते कन्चनपुरको महेन्द्रनगरमा भएको प्रधानमन्त्री महिला टि- ट्वान्टी राष्टिय क्रिकेट प्रतियोगिताको ब्यक्तिगत बिधाका विजेताले विजेतामार्फत् प्राप्त गरेको पुरस्कार नपाएको भन्ने कुरा बाहिर आएको छ ।
प्रतियोगिता सम्पन भएको करिव एक महिना भन्दा बढी भईसकेको अबस्थामा ब्यक्तिगत बिधाका विजेताले पुरस्कार स्वरूपको नगदराशि प्राप्त गरेका छैनन ।
राष्टिय टिमकी उप – कप्तान तथा एपीएफकी खेलाडी सिता राना मगरका अनुसार यो कुरा बाहिर आएको हो |
सोमबार उनले उक्त आक्रोशलाई आफ्नी सामाजिक संजाल फेसबुकमार्फत ब्यक्त गरेकी छिन जसमा उनले लेखिकी छिन ” चोरै चोरहरू … प्रधानमन्त्री कप महिला प्रतियोगिता सकिएको १ महिना बितिसक्यो तर हामीले हाम्रो व्यक्तिगत पाउन पर्ने पुरस्कार राशी अझै पाएका छैनौँ। पत्रपत्रिकामा चाहि नगद राशी प्रप्त गरेका छन् भनेर हावा गफ फेक्ने अनि अहिले अनेक बहाना गर्दै हामीलाई अड्काउने … जे गरेनी भाको छ मनमर्जीको राज छ वा रे वा….. भन्ने कस्लाई ?? गुहार गरु कस्लाई?? कठै बरा खेलाडी हामी ” ।
राष्टिय खेलकुद परिषद ( राखेप )को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यबस्थापनमा भएको प्रतियोगितामा ७ प्रदेश तथा १ विभागीय टिम एपीएफको सहभागिता रहेको थियो ।
जसमा विभागीय टिम एपीएफले उपाधि उचालेको थियो भने सुदुरपश्चिम उप विजेता भएको थियो ।
सरकारी निकाय राष्टिय खेलकुद परिषद ( राखेप ) ले आयोजना गर्ने प्रतियोगितामा पुरस्कार राशि ढिलो पाउने यो पहिलो पटक भने होईन । यसअघि पनि धेरै पटक दोरिएको छ ।
सम्पादित खबर !