नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
साउन १४ , अनलाइन खेलखवर || सिगांपुरमा सम्पन्न आईसीसी टि – ट्वान्टी बिश्वकप एसिया फाइनल छ्नोट प्रतियोगिता खेली नेपाली क्रीकेट टोलि स्वदेश फिर्ता भएको छ ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाली टोलि सोमबार राती मलेसियन एयरलायन्समार्फत स्वदेश फर्किएको हो ।
विश्वकप छ्नोट अन्तर्गत अन्तिम छ्नोट प्रतियोगिता ग्लोबल क्वालिफायर खेल्ने लक्ष्यका साथ सिगांपुर पुगेको नेपाली टिमको लक्ष्य त पूरा हुँन भने सकेन ।
प्रतियोगिता अन्तर्गत आईतबार भएको निर्णायक खेलमा घरेलु टिम सिगांपुरले नेपाललाई ८२ रनले निराश बनाउदै छनोट हुँन सफल भएको छ ।
अपराजित रहेको सिगांपुर त्यस खेलअघि अंकतालिकामा ५ अंकसहित पहिलो स्थानमा रहेको थियो । भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा नेपाल रहेको थियो ।
यस्तोमा प्रतियोगिताको प्राबधान अनुसार शिर्षस्थानमा रहने एक मात्र टिमले आगामी यात्रा तय गर्ने हुँदा यो अन्तिम खेल निर्णायक रहेको थियो ।
जसमा सिगांपुरले बाजी मार्दै विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राखेको छ । भने नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना फेरी समाप्त भएको छ ।
सन् २०१४ मा बंगलादेशमा भएको टि- ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागी भएको नेपालले यसपछी सन् २०१६ मा भारतमा भएको विश्वकप गुमाएको थियो भने यसपटक पनि नेपाल छनोट हुँन सकेन । नेपालको यात्रा सकिएको छ ।
खेलमा सिगांपुरले प्रस्तुत गरेको १ सय ९२ रनको बिशाल लक्ष्य पछ्याँउदै जवाफी ब्याटिङ गरेको नेपाल १५ ओभरमा अलआउट हुदै १ सय ९ रनमा सिमित हुँन पुगेपछि नतिजा सिगांपुरले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
कुल ५ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँन पुगेको थियो । भने यसपछिका दुई खेलमा मलेसिया र कुबेतलाई समान ७/७ विकेटले पराजित गर्न सफल भएको थियो ।