onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सिगांपुरको शानदार ब्याटिङ : नेपालसामू ठुलो चुनौती प्रस्तुत

साउन १२, अनलाइन खेलखबर || आईसीसी टि – ट्वान्टी विश्वकप एसिया फाइनल छ्नोट प्रतियोगिताको निर्णायक खेलमा आयोजक सिगांपुरले नेपालसामु ठुलो बिजयी लक्ष्य प्रस्तुत गरेको छ ।

सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा जारी खेलमा घरेलु टिम सिगांपुरले ट्स जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै ब्याटिग गर्दै मात्र ६ विकेट गुमाएर १ सय ९१ रनको बिशाल योगफल खडा गरेको छ ।

खेलमा ईनिङको १.४ ओभरमा टिमको स्कोर १० रन हुँदा सुरेन्द्रन चन्द्रमोहनलाई सिगांपुरले व्यक्तिगत ८ रनमा गुमाएको भएपनि यसपछि भने सिगापुरले दोस्रो विकेटका लागि ठुलो साझेदारी गर्न पुग्यो ।

टिमलाई रोहन रंगराजन र टिम डेभिडको जोडीले निकै राम्रो स्थितिसम्म पुर्याउन यी दुईबीच ८९ रनको साझेदारी हुन् पुगेको थियो । निकै राम्रो गरिरहेको यो जोडीलाई अविनाश बोहराले १०.४ ओभरमा टिमको स्कोर ९९ रन हुँदा तोडिदिएका थिए ।

दोस्रो विकेटमा पभेलियन फर्किएका सिगांपुरका रोहन रंगराजन ४९ रन बनाएर आउट हुँन पुगे । भने टिम डेभिडले ईनिङको सर्बाधिक धेरै रन बनाउदै टिमलाई ठुलो योगफलतर्फ अग्रसर बनाउन ठुलो योगदान गरे ।

टिमको ब्याटिङलाई अन्तिम सम्म पुर्याएका उनले एक्लैले ४३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको पारी खेले । दोस्रो विकेटका लागि रोहन रंगराजन सँग राम्रो साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रीत सिंहसँग पनि ६६ रनको साझेदारी गरेका थिए । मनप्रीत सिंहले पनि ४२ रन बनाए ।

बलिङतर्फ नेपालका अविनाश बोहाराले ४ तथा करन केसीले २ विकेट हात पारे । भने बसन्त रेग्मी सर्बाधिक महगा साबित हुँन पुगे । ४ ओभर बलिंङ गरेका उनले विना विकेट ५४ रन खर्चिएका थिए ।

अब सिगांपुरले प्रस्तुत गरेको १ सय ९२ रनको ठुलो विजयी चुनौतीलाई नेपालले अबको केहिबेरमै जवाफी ब्याटिङ गर्नेछ ।

यस प्रतियोगिताबाट शिर्षस्थानमा रहने एक टिम विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरमा छ्नोट हुँने हुँदा आजको विजेता टिम ग्लोबल क्वालिफायरका लागि चयन हुनेछ ।

अपराजित रहेको आयोजक सिगांपुर अहिले ५ अंकसहित अकंतालिकाको शिर्षस्थानमा छ । भने नेपालले ४ अकंसहित पछ्याईरहेको अवस्था छ ।

यस्तोमा आजको अन्तिम खेलमा जसले जित हासिल गर्छ सोही टिम ग्लोबल क्वालिफायरमा छ्नोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्