
घरेलु टिम सिगांपुरले ट्स जित्यो ! नेपाललाई सुरुमा बलिङको निम्तो
साउन १२, अनलाइन खेलखबर || आईसीसी टि – ट्वान्टी विश्वकप एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले आयोजक सिगांपुरसँग भिडदै छ ।
सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा हुँने खेल अबको केहीबेरमै हुँनेछ । भखरै भएको ट्समा भने घरेलु टिम सिगांपुरले ट्स जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।
खेलमा पुर्बअनुमान अनुसार बर्षाको चिन्ता भएपनी अहिले भने यस्तो देखिएको छैन ।
सिगांपुरमा रहेका नेपाली सन्चारमाध्यमका अनुसार बर्षाहुँने सम्भावना अहिले तत्काललाई नदेखिएको अवस्था रहेको जानकारी प्राप्त भएको छ ।
यस प्रतियोगिताबाट शिर्षस्थानमा रहने एक टिम विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरमा छ्नोट हुँने हुँदा आजको विजेता टिम ग्लोबल क्वालिफायरका लागि चयन हुनेछ ।
अपराजित रहेको आयोजक सिगांपुर अहिले ५ अंकसहित अकंतालिकाको शिर्षस्थानमा छ । भने नेपालले ४ अकंसहित पछ्याईरहेको अवस्था छ ।
यस्तोमा आजको अन्तिम खेलमा जसले जित हासिल गर्छ सोही टिम ग्लोबल क्वालिफायरमा छ्नोट हुनेछ ।
जारी प्रतियोगितामा सिगांपुर अपराजित रहेको छ । भने नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो । भने आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको थियो ।
र अघिल्लो तेस्रो खेलमा कुबेतमाथी शानदार जित निकाल्ने क्रममा नेपालले कुबेतलाई ७ विकेटले निराश बनाएको थियो ।