भारतीय क्रिकेटमा फिल्डिङ प्रशिक्षकको खोजी : जोन्टि रोड्स टिममा आउँन सक्ने सम्भावना
साउन १० , अनलाइन खेलखबर || भखरै ईङल्याण्ड र वेल्समा सम्पन्न १२ औँ सस्करणको विश्वकपमा सेमीफाइनलसम्मको यात्रा तय गरेको भारतिय क्रिकेट टिम अहिले सहयोगी स्टाफको खोजीमा रहेको छ ।
भारतिय संचारमाध्यमका अनुसार अहिले यस खोजी अन्तर्गत दक्षिण अफ्रिकाका महान तथा चर्चित क्रिकेटर जोन्टि रोड्सको नाम पनि बाहिर आएको छ ।
जोन्टि रोड्स यस्ता फिल्डर हुँन जसले खेल फ़िल्डिङ बाटै खेल जिताउने क्षमता राख्थे । धेरै भयो क्रिकेटबाट सन्यास लिएको तर आज पनि उनको त्यो फिल्डिग क्षमताका कारण उनलाई महान क्रिकेटरको रुपमा लिने गरिन्छ ।
दक्षिण अफ्रिकाबाट ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका जोन्टिले विश्व क्रिकेटको सबैभन्दा चर्चित र ठुलो ईन्डियन प्रिमियर लिग ( आईपिएल् ) अन्तर्गत मुम्बई ईन्डियनलाई फ़िल्डिङ प्रशिक्षण गराईसकेका छन ।
भारतीय क्रिकेटको मुख्य प्रशिक्षक सहित अन्य सहयोगी स्टाफको समयावधि अहिले सकिएको अबस्था छ । र मुख्य प्रशिक्षक सहित अन्य स्टाफको खोजि अहिले जारी रहेको हो ।
तर भारतको आसन्न वेस्ट ईण्डिज भ्रमणअघि सम्म भने यहि टिमनै यथावत रहने बताईएको छ । जोन्टि रोड्ससँगै फिल्डिङ प्रशिककमा भारतीय टिमलाई यसअघिनै फ़िल्डिङ प्रशिक्षण गराईसकेका रोविन सिहको नाम पनि आएको छ । यसअघि उनले सन् २००७ देखि २००९ सम्म भारतीय टिमलाई हेरिसकेका छन । उनलाई भारतीय क्रिकेटमा राम्रो फिल्डरको रुपमा लिने गरिन्छ ।
यस्तै यो सुचिमा भारतीय पूर्व खेलाडी मोहम्मद कैफको नाम पनि रहेको छ । भारतीय क्रिकेटको ईतिहासमा कैफको फिल्डिङ्ग प्रदशनलाई उत्कृष्ट मानिने गरिन्छ ।
जोन्टि नेपाली क्रिकेटका एक सुभचिन्तक समेत हुँन | केहि महिनाअघि जोंटी नेपाल भ्रमणमा आएका थिए | उनि दुई पटक नेपाल आईसकेका छन |
पहिलो पटक उनि युवा क्रिकेटरलाई बिशेष प्रशिक्षण दिन नेपाल आएका थिए | त्यसपछी अघिल्लो धनगढी प्रिमियर लिग ( डीपीएल ) का दौरान उनि पुन : नेपाल आएका थिए | उनि डिपिएलको एक टिम सिवाईसी अत्तरियासँग जोडीएका थिए |