सिगांपुरले मलेसियालाई हरायो : नेपाललाई थप दबाब
साउन १० , अनलाइन खेलखबर || आयोजक सिगांपुरले जारी आईसीसी विश्वकप एसिया फाईनल छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेसँगै नेपाललाई थप दबाब सिर्जना भएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिंङ् गरेको मलेलियाले निकै खराब ब्याटिङ गर्ने क्रममा १८.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ९२ रनमा सिमित हुँन पुगेको खेलमा सिगांपुरले सो झिनो लक्ष्यलाई १३.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।
अब नेपाललाई विश्वकप छनोटको अन्तिम खुड्किलो ग्लोबल क्वालिफायरमा पुग्न नेपाललाई बाकी रहेको कुबेत र सिगापुरको खेलमा जित निकाल्नु पर्नेछ । एक चुक नेपालको सपनालाई बाधक बन्नेछ ।
शुक्रबार भएको पहिलो खेलमा कुबेतले कतारलाई १० रनले पराजित गरेसगै अहिले कुबेत ३ खेलबाट ३ अंकसहित अहिले अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । भने समान ३ खेलबाट ५ अंकसहित सिंगापुर पहिलो स्थानमा रहेको छ ।
एकदिवसीय मान्यता प्राप्त र प्रतियोगिताको बलियो टिमको रुपमा रहेको नेपाल भने २ खेलबाट एकमा हार र एकमा जित निकाल्दै अहिले अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । प्रतियोगिताको प्राबधान अनुसार यस प्रतियोगिताबाट मात्र एक टिम छनोट हुँने हुँदा नेपाललाई अहिले ठुलो दबाब सिर्जना भएको छ ।
पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएसगै नेपाललाई समिकरणको साहारा लिनुपरेको हो । भने दोस्रो खेलमा भने नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको थियो । नेपालले बाकि दुई खेलमध्ये दुवै खेल्न जित्न आबस्यक छ । जसअनुरुप नेपालले भोलि शनिवार कुबेतको सामना गर्नेछ । कुबेतको यो अन्तिम खेल हो । कुबेत त्यही टिम हो जसले नेपाललाई पराजित कतारमाथि जित हासिल गरेको थियो ।
यसअर्थमा कुबेतप्रति नेपाल थप चनाखो हुँन आबस्यक देखिन्छ | कम्जोर मानिएको भएपनि कुबेतले आफुलाई कमजोर टिमको रुपमा स्थापित गर्न बाट भने जोगायो । यो खेलमा नेपालले जित हासिल गरेको खण्डमा नेपालको सम्भावना अझ बलियो बनेर आउँने छ । भने हार सगैं कुबेत पनि प्रतियोगितावाट बाहिरिने छ ।
यसअघि मलेसिया र कतार भने यस दौडबाट बाहिरीसकेका छन । नेपालले कुबेतलाई पराजित गरेको खण्डमा छनोटको अन्तिम टूगों नेपाल र सिगांपुरको अन्तिम खेलले निर्धारण गर्नेछ । आईतबार हुँने यो खेलमा जसले जित हासिल गर्नेछ सोही टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुँने छ